आज पौषे औशीे दिबगत पित्तृको सम्झनामा श्राद्ध गरिँदै

रसुवा, पुस ३, आज पौषे औशीे दिबगत पित्तृको सम्झनामा आज नुवाकोट र रसुवाको संगमको रुपमा रहेको वेत्रावतिमा नदिको किनारमा श्राद्ध गरिँदै छ ।

पौषे औसीका दिन बर्षमा नियमित श्राद्ध गर्न पर्नेमा विभिन्न कारणले गर्दा श्राद्ध रोकिएकाहरुले आज श्राद्ध गरेमा मोक्ष मिल्ने बताइन्छ । आज सोमवारे पनि परेकोले औसीको दिन श्राद्ध गर्न आउनेको घुइचो हुने आशंकामा विदुर नगरपालिकाले व्यवस्थापन पक्षमा ध्यान दिएको विदुर नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष गणेश नेपालले बताउनुभयो ।

उत्तरगयाको नामले चिनिने बेत्रावतीमा पौषकृष्ण औंशीका दिन बेत्रावतीमा आई पितृहरुलाई पिण्डदान गर्नाले पितृहरु मोक्ष मिल्छ भन्ने बिश्वासका साथ भक्तजनहरुको भीड लाग्ने गर्दछ । देवता र दानवले समुन्द्र मन्थन गर्दा निस्किएको हलाहल नामको कालकूट विष घाँटीमा लिएका महादेवले बेतको लौरोले पहाडमा हान्दा त्यहाँबाट बगेको बेत्रगंगा र त्रिशूलले छेड्दा निस्किएको पानीबाट बगेको त्रिशूली नदीको संगममा पौषकृष्ण औंसीका दिन सबै देवता र मृतात्माहरुको जमघट हुने विश्वासका साथ श्राद्ध गर्ने गरिएको हो ।

पौस कृष्ण औषीका दिन वेत्रावतिमा आमाबाबु नभएकाहरुले यहाँ सके वर्सेनी र नसके जीवनमा एकपटक भएपनि श्राद्ध गर्ने चलन रहेको छ । बेत्रावतीलाई श्राद्धका लागि पवित्र मानिएका हिन्दकुशक्षेत्रका चार गयामध्ये एउटा गयाको रुपमा पिण्डदान गर्ने चलन रहेको छ । चार गयामध्ये तीन वटा गया भारतमा पर्दछ । भारतमा रहेको चारधाम दर्शन गर्नु भन्दा पहिले यहाको उत्तरगयामा दर्शन गरे पुण्यप्राप्त हुने भक्तजनहरुको भनाई छ ।

आज विश्व स्वंयम सेवक दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै

रसुवा मंसिर १९, आज डिसेम्बर ५ अर्थात विश्व स्वंयमसेवक दिवस हो । यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैँ छ । हरेक वर्षको डिसेम्बर ...