रसुवा, पुस ४ – रसुवामा मंगलबारदेखि ‘नेपाल पदयात्रा’ सुरु भएको छ । २०७२ सालमा गएको भूकम्पमा ज्यान गुमाएका व्यक्ति र परिवारको सम्झनामा पदयात्रा गर्न लागिएको हो ।
योङ्ग ड्रुक्पा एसोसियसन नेपाल र लिभ टु लभ इन्टरनेशनलले पुस ११ गतेसम्म नेपाल पदयात्रा सञ्चालन गर्न लागेको हो । रसुवाको उत्तरगया गाउँपालिकाको मैलुङबाट सुरु हुने पदयात्रा तिरु, ठुलोहाकु, गत्लाङ, गोङ्गाङ, थुमन टिमुरे हुँदै स्याफ्रुमा आएर टुङ्गिने छ ।
पदयात्रामा ७० जना भिक्षु भिक्षुणी र एक सय ५० जना नेपाली तथा विदेशीको सहभागिता रहनेछ । भूकम्प गएको वर्ष ‘नेपाल पदयात्रा’ सिन्धुपाल्चोकमा सञ्चालन गरिएको थियो ।