निर्वाचनपछि एमालेको पहिलो स्थायी कमिटी बैठक बस्दै

रसुवा पुस ७, प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनपछिको समीक्षा र माओवादी केन्द्रसँगको पार्टी एकताकाबारेमा छलफल गर्न एमाले स्थायी कमिटी बैठक आज बस्दैछ ।

बैठक दिउँसो एक बजे पार्टी उपाध्यक्षवामदेव गौतमको निवास भैँसेपाटीमा बस्ने कार्यालय सचिव कृष्णगोपालश्रेष्ठले जानकारी दिनुभयो । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि पहिलो पटक एमाले स्थायी कमिटी बैठक बस्न लागेको हो ।

निर्वाचन परिणाम, पार्टी एकता, नयाँ सरकार गठन, राष्ट्रिय सभाअध्यादेश लगायतकाविषयमा बैठकमा छलफल हुने कार्यालय सचिवश्रेष्ठको भनाइ छ । समानुपातिकको मतपरिणाम घोषणामा भइरहेको ढिलाइका बारेमापनिबैठकमा कुराकानीहुने एमाले सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।

ठाडो भाकाका शिरोमणिको उपचारमा आर्थिक सहयोग

१४ भदौ-ठाडो भाकाका गायक एवम् शिरोमणि दीर्घराज अधिकारी ‘’को उपचारका लागि आर्थिक सहयोग गरिएको छ । रुघा, खोकी, दमलगायतका रोगबाट थलिएपछि यही भदौ ४ गते ...