मोटरसाइकल दुर्घटनामा दुई स्वास्थ्यकर्मी घाइते

रसुवा पुस १०, रसुवाको नौकुण्ड गाउँपालिका–६, बाँसभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा जिल्ला स्वास्थ्य कार्यालय रसुवाका दुई जना कर्मचारी घाइते भएका छन् ।

कार्यालयको बा २ ख २४७२ नम्बरको मोटरसाइकलमा पारच्याङ स्वास्थ्य चौकीबाट रिर्पोट लिएर कार्यालय फर्कने क्रममा तथ्याङ्क सहायक कृष्णराज तिवारी र अनमी उमा रावत घाइते हुनुभएको हो । घाइतेलाई एम्बुलेन्सबाट काठमाडौं पठाइएको छ । तिवारीको खुट्टामा र रावतको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगको टोलीद्वारा अनुगमन

कञ्चनपुर, २० मंसिर प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको राष्ट्रिय मानव अधिकारको निर्वाचन पर्यवेक्षक टोलीले आज कञ्चनपुरमा अनुगमन गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त सुदीप ...