एमाले र माओवादी केन्द्रको पार्टी एकता प्रक्रिया लम्बिदै

रसुवा पुस १०,एमाले र माओवादी केन्द्रको पार्टी एकता प्रक्रिया लम्बिदै गएको छ । पार्टी एकताका लागि आन्तरिक तयारी गरिरहेका दुई पार्टीका शिर्ष नेताबीच छलफल हुने बताईए पनि बैठक बस्न सकिरहेको छैन ।

माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड राजधानी बाहिर रहेकाले बैठक बस्न नसकेको बाम गठबन्धनका नेताहरुले बताएका छन् । पार्टी एकतासँगै सरकार गठन बारे पनि दुई पार्टी बीच समझदारी हुने बताईएको छ । तर पद र जिम्मेवारी बाँडफाँडको विषय मिलाउन समस्या देखिएको छ ।

सोही कारण नयाँ सरकार गठनको आन्तरिक तयारी भईरहँदा समेत माओवादी केन्द्रले बर्तमान सरकार नछोडेको भन्दै टिप्पणीहरु आईरहेका छन् । तर विना विभागिय मन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्माले आफुहरु व्यवहारिक रुपमा सरकार नरहेको बताउनुएको छ । पत्रकारहरुसँग कुराकानी गर्दै नेता शर्माले सरकारमा रहेपनि आफुले विना विभागिय भएपछि मन्त्री वापत पाउने सेवा सुविधा समेत नलिएको बताउनुभयो ।

शहीद दिवस : सन्देशमा कसले के भने ?

१६ माघ, काठमाडौं – शहीद दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न दलका नेताले सन्देश दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्र र अग्रगमन महान शहीद ...