​ओली र प्रचण्ड छलफलको तयारीमा

काठमाडाैं, पुस १२ – एमाले र माओवादीबीच जारी गतिरोध अन्त्य र सरकार निर्माण प्रक्रियालाई तीव्रता दिनेगरी वार्ता अघि बढ्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार छलफलको तयारी भएको दुवै जनाको निजी सचिवालयले जनाएको छ । तर समय भने तय भैसकेको छैन ।

यसअघि पाँच दिनको चितवन बसाईपछि मंगलबार काठमाडौं फर्किएका माओवादी अध्यक्ष प्रचण्डले ओलीसँग हिजै भेट्ने भनिएपनि छलफल हुन सकेको थिएन । आजको भेटमा दुई अध्यक्षबीच पार्टी एकता र सरकार गठनको विषयमा छलफल हुने सम्भावना छ ।

चुनावलगत्तै पार्टी एकीकरण प्रक्रिया सुरु गर्ने भने पनि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच दुईपटक मात्रै औपचारिक वार्ता भएका छन् । विभिन्न कार्यक्रममा ओली र प्रचण्डले पार्टी एकता छिट्टै हुने भनेपनि लामो समयसम्म दुवै दलबीच औपचारिक संवाद नहुँदा असहमति बढेको आशंका विभिन्न पक्षबाट भएको छ ।

एमाले र माओवादीले असोज तेस्रो हप्ता दुवै पार्टी एकीकरण गर्ने घोषणा गर्दै त्यसको प्रारम्भ चुनावी तालमेलबाट सुरु हुने बताएका थिए । दुई चरणमा भएको प्रतिनिधि तथा प्रदेशसभाका चुनावमा दुवै दलले ४० र ६० को अनुपातमा तालमेल गरेका थिए ।

मंसिर १० र २१ गते भएको चुनावमा प्रत्यक्षतर्फ वामपन्थी गठबन्धनले झण्डै दुईतिहाइ बहुमत ल्याएको छ भने सात प्रदेशमध्ये ६ प्रदेशमा सरकार बनाउने अवस्थामा छ

तपाइको आज

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, असरकारी कार्यमा सफलता प्राप्त हुनेछ। प्रतिस्पर्धा गर्नुपर्नेछ। अरूबाट आलोचना हुनेछ। कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन्। वृष ...