वल्र्ड भिजनले नुवाकोटमा चालीस करोडरुपैयाको कार्यक्रम सकेर फक्रियो

Image

माध १९,
बिदुर ,नुवाकोट

भूकम्पपछि नुवाकोटको शिक्षा, स्वास्थ्य, खानेपानी तथा जीविकोपार्जनको क्षेत्रमा काम गर्दै आएको वल्र्ड भिजन इन्टरनेसनल यसै हप्तादेखि कार्यक्रम सकाएर बाहिरिएको छ । वल्र्ड भिजनले नुवाकोटमा ४० करोड रकम खर्च गरेको थियो । भूकम्पपछि नुवाकोटको शिक्षा, स्वास्थ्य, खानेपानी तथा जीविकोपार्जनको क्षेत्रमा वल्र्ड भिजनले काम गरेको थियो । नुवाकोटमा लागू भएको वल्र्ड भिजनको कार्यक्रम यसै सातादेखि सकिएको छ ।

जिल्ला परियोजना सल्लाहकार तथा सरोकारवाला निकायहरूसँग अन्तत्र्रिmया कार्यक्रम गर्दै वल्र्ड भिजन इन्टरनेसनलले आफ्नो कार्यक्रम समय सकिएको जानकारी दिएको छ । वल्र्ड भिजनले सन् २०१६ अक्टोबरबाट भूकम्प प्रतिकार्यअन्तर्गत जिल्लामा रहेको २ वटा स्थानीय साझेदार संस्थाहरूसँगको सहकार्यमा सञ्चालन गर्दै आएको कार्यक्रममा ४० करोड रुपैयाँ खर्च गरेको थियो ।

स्थानीय साझेदार संस्था सामुदायिक तथा व्यावसायीक प्रवद्र्धन समाज कोप्डेक्स र गेर्खुटार युवा क्लबसँगको साझेदारीमा पछिल्लोपटक खानेपानी तथा स्वच्छता र जीविकोपार्जनको कार्यक्रम सञ्चालन गरेको थियो । वल्र्ड भिजन इन्टरनेसनलले नुवाकोटमा साझेदार संस्थाहरूमार्फत आयआर्जनमा सहयोग, दिगो विकास, कृषि, खाद्य सुरक्षा तथा पोषण, कृषि उपजहरूको सङ्कलन केन्द्रको स्थापना, सहकारीसँग साझेदारी, विभिन्न खानेपानी आयोजनाहरूको निर्माण र समुदायलाई हस्तान्तरण लगायतको क्षेत्रमा काम गरेको थियो ।

यसका साथै सिँचाइको क्षेत्रमा, विभिन्न तालिम, कृषि सामग्री वितरण, आयआर्जनको तालिमलगायतको कार्यक्रम सञ्चालन गरेको थियो । जिल्लाको बिदुर नगर पालिका वडा नम्वर २, ९ ,सृर्यगढी गाउ पालिकाको वडा नम्वर ४ को हल्देकालीका तादी गाउ पालिकाको ४, ५ वल्र्ड भिजन जिल्ला संयोजक मनबिर बिश्वकर्माले बताउनु भयो ।

नुवाकोटमा मानव वेचविखनमा सक्रिय गिरोह पक्राउ

१८ साउन-नुवाकोटका विभिन्न गाविसमा मानव वेचविखनमा सक्रिय रहेको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेका व्यक्तिहरुबाट वेचिएका युवतीहरु सम्पर्कमा नआएको भन्दै घटनाको ...