सांसद मोहन आचार्यद्धारा व्यक्तिगत लगानीमा सडकले नछोएका स्थानमा सडक संजाल पु¥याउनका लागि अभियान सुरु गर्नुभयो

Our Rating

0

कालिकास्थान, माघ २७

रसुवावाट निर्वाचित प्रतिनिधि सभाका सदस्य इन्जिनियर मोहन आचार्यले व्यक्तिगत लगानीमा सडकले नछोएका स्थानमा सडक संजाल पु¥याउनका लागि अभियान सुरुवात गर्नु भएको छ । कालिका गाउँपालिका वडा नं. २ लामाटोलबाट चित्रेपानीसम्म जोड्ने सडकको शनिबार सांसद आचार्यले निर्माण सुभारम्भ गर्नु भएको हो । गाउँपालिकाको अधिनमा रहने गरि कुल १ करोड ७० लाख रुपैयामा स्काभेटर र डोजर खरिद गरि सांसद आचार्यले सो मेसिन हस्तान्तरण गर्नु भएको हो ।

रसुवाको गोसाईकुण्ड गाउँपालिको लाङटाङ, नौकुण्ड गाउँपालिकाको दुर्गम गाउहरु, पार्वतीकुण्ड गाउँपालिकाको हाकु,सानो हाकु, नेसिङलगायतका ठाउँहरुमा अझै पनि सडक पुग्न सकेको छैन ।आफुले स्थानीय जनतालाई चुनावका वेला गरेका प्रतिवद्दता पुरा गर्न सम्बृद्ध रसुवा निर्माण अभियान अन्तर्गत जिल्लाका सबै ठाउँलाई सडक संञ्जालमा जोड्न पहिलो अभियान सुरु गरिएको प्रतिनिधि सभाका सदस्य मोहन आचार्यले बताउनुभयो ।

तत्कालका लागी पूननिर्माणमा लागी रहेका जनताहरुको ढुवानी लागत घटाउन यो अभियानले फाइदा पु¥याउने सांसद आचार्यले बताउनुभयो ।
सम्वृद्द रसुवा निर्माणको मुद्दा लिएर निर्वाचनमा गएका सांसद आचार्यले सडक संञ्जालले नछोएका गाउँ टोलमा बाटो पु¥याउन व्यक्तिगत लगानीमा स्काभेटर र डोजर उपलव्ध गराएर गाउँ गाउँमा सडक पु¥याउने कार्यको शुरुवात गरेको स्थानीयवासी वताउंछन् । रसुवाको सबै ठाउँमा बाटो नपुग्दासम्म आफुले उपलव्ध गराएको स्काभेटर र डोजरले निःशुल्क सेवा प्रदान गर्ने सांसद आचार्यले बताउनुभयो ।

खाद्य संस्थानका ‘खलनायक’ नै महाप्रबन्धकको दौडमा

‘उनी संस्थानका लागि बोझ हुन्, उनले अवकाश पाएर विदा हुँदा हामी निकै खुशी छौं,’ नेपाल खाद्य संस्थानका तत्कालीन महाप्रबन्धक शिवहरि श्रेष्ठले अवकाश पाएको केही समयपछि ...