नेपाल विरुद्ध युएई : नेपाललाई १ सय १५ रनको लक्ष्य

0

काठमाडौँ — नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको यूएई ३१ ओभरमा १ सय १४ रनमा अल आउट भएको छ ।

नेपालका लागि सोमपाल कामीले ४ तथा सन्दीप लामिछानेले ३ विकेट लिए । युएईका साइमन अनवरले सर्वाधिक ३० रनको योगदान दिए । नेपालले ३४ ओभरभित्र लक्ष्य पूरा गर्नुपर्ने छ ।

विश्व क्रिकेट लिग डिभिजन(२ अन्तर्गत नेपालले लिग चरणको तेस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) को सामना गर्दैछ ।
मैदान भिजेको र वर्षाका कारण ३४ ओभरमा छोट्याइएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ।

दुवै टोलीले प्रतियोगिताका दुई एक जित र एक हारसहित २ अंक जोडेका छन्। नेपालको तुलनामा युएईको नेट रन रेट राम्रो छ।
नेपालले पहिलो खेलमा आयोजक नामिबियालाई १ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा भने नेपाल ओमानसँग ६ विकेटले पराजित भयो।

No comments

उम्मेदवारी फिर्ता गर्न हेलिकप्टर चार्टर गरेर आए माओवादीका बागी उम्मेदवार

वाम गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका तीन जना उम्मेदवार आफ्नो उम्मेदवारी फिर्ता लिनको लागि सेनाको हेलिकोप्टर चढेर जिल्ला सदरमुकाम मन्थली आएका छन् । ...