रसुवा जिल्लालाई ४३ औं साक्षर जिल्ला सोमवार घोषणा

धुन्चे, रसुवा , माघ २९

रसुवा जिल्लालाई ४३ औं साक्षर जिल्ला सोमवार घोषणा गरिएको छ ।गोसाईकुन्ड गाउ पालिकाको धुन्चे स्थित बाल मन्दिरमा एक कार्यक्रमकाबीच प्रतिनिधी सभा सदस्य मोहन आचार्यले साक्षर जिल्ला घोषणा गर्नुभएको हो ।

“संघीय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा सवैको अधिकार” भन्ने नाराका साथ साक्षर जिल्ला घोषणा भएको कार्यक्रममा प्रदेश सभा सदस्य प्रेम तामाङ, अनौपचारिक शिक्षा केन्द्रका उपनिर्देशक गुणराज पोखरेल, जिल्ला समन्वय समिति रसुवाका सभापति कुलप्रसाद भट्ट, कालिका गाउँ पालिका अध्यक्ष सिता अधिकारी, गोसाईकुण्ड गाउँ पालिका अध्यक्ष कैसाङनूर्पु तामाङ, उत्तरगया गाउँपािलका अध्यक्ष उपेन्द्रराज लम्साललगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

२०६७ मा गरिएको घरधुरी सर्वेक्षणमा जिल्लामा १५ वर्षदेखि ६० वर्ष उमेर समूहका १४ हजार आठ सय ८७ जना रहेका थिए । त्यही सङ्ख्यालाई आधार मानेर साक्षर जिल्ला घोषणा गरिएको जिल्ला शिक्षा कार्यालय रसुवाले जनाएको छ ।

आर्थिक वर्ष २०६७÷६८ सालदेखि सुरु भएको राष्ट्रिय साक्षरता कार्यक्रम अन्तरगत सञ्चालन गरिएको कार्यक्रम मार्फत साक्षरता जिल्ला घोषणा गर्न सम्भव भएको कार्यालयको भनाई छ ।प्रदेश नम्बर ३ मा रहेका १३ ओटा जिल्लामध्ये तीन ओटा जिल्ला मात्र साक्षर जिल्ला घोषणा हुन बाँकी रहेका अनौपचारिक शिक्षा केन्द्रका उपनिर्देशक बालकृष्ण गैरेले बताउनुभयो ।

यो प्रदेशमा पर्ने रसुवा, काठमाडौं र काभ्रपलाञ्चोक साक्षर जिल्ला घोषणा बाँकी रहेको अनौपचारिक शिक्षा केन्द्रले जनाएको छ ।
नेपालमा अहिलेसम्म ३८ जिल्ला साक्षर जिल्ला घोषणा भइसकेका छन् । जिल्लामा निरक्षरका लागि तीन वर्षअघि सुरु भएको निरन्तर शिक्षाले यो वर्ष पनि निरन्तरता पाएको जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपानेले बताउनुभयो ।

सामूदायिक सिकाई केन्द्रहरुको प्रतिवेदनका आधारमा रसुवा जिल्लाभरका १५ देखि ६० वर्षका नागरिक मध्ये ९६ दशमलव २९ प्रतिसत साक्षर देखिएकोले जिल्लालाई शाक्षर घोषणा गरिएको जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपानेले बताउनुभयो ।

कार्यक्रममा पाँचैवटा गाउँ पालिकाका अध्यक्षहरुले पाँच गाउँ पालिका अध्यक्षहरुले गाउँपालिका शाक्षर घोषणा गरेपछि जिल्लालाई समेत साक्षर घोषणा गरिएको थियो । कार्यक्रममा घोषणा कार्यक्रममा सहयोग पु¥याउने संघसंस्था, सरकारी निकाय, स्रोत ब्यक्ति र विद्यालयहरुलाई सम्मान गरिएको थियो । साक्षर जिल्ला घोषणा कार्यक्रममा संचार माध्यमबाट योगदान गरेको भन्दै जिल्लाका प्रत्रकारहरुलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो । नेपाल प्रत्रकार महासंघका जिल्ला अध्यक्ष एवं गोरखापत्र रसुवा जिल्ला सम्वादाता हेमनाथ खतिवडा,रेडियो लाङटाङका सचिव गीता न्यौपाने , कान्तिपुर दैनिकका बलराम घिमरे, राससका ज्ञानेन्द्र नाथ न्यौपाने, नागरिकका हिमनाथ देवकोटा, नयाँ पत्रिकाका अनु आचार्य, नेपाल टेलिभिजनका सुशील कोईराला, त्रिशूली प्रबाहका सरस्वती न्यौपाने , रेडियो रसुवा, नेपाल पत्रकार महासंघ रसुवा शाखालाई समेत सम्मानीत गरिएको थियो ।

गैरसरकारी संस्थालाई शुशासन र पारदर्शितामा जोड दिन सरोकारवालाहरुको माग

नुवाकोट भदौ १२, जिल्लामा रहेका गैरसरकारी संस्थाहरुले आन्तरिक सुसाशन र पारदर्शितामा जोड दिनु पर्ने सरोकारवालाहरुले बताएका छन् । इन्सेकको आयोजनामा आइतबार विदुरमा भएको गैरसरकारी संस्थाहरुको ...