मोगादिसुमा दुई बम विस्फोट हुँदा १८ को मृत्यु

मोगादिसु

मोगादिसुमा शुक्रबार दुई वटा बम विस्फोटन हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य २० जना घाइते भएका छन् ।

एम्बुलेन्सका निर्देशक अब्दुकादीर अब्दीरहमानले दुई वटा बम विस्फोटनमा परी १८ जनाको मृत्यु भएको पुष्टी गर्नुभयो । उहाँले एउटा बम आक्रमण राष्ट्रपति निवासलाई लक्षित गरिएको पनि बताउनुभयो ।

“हामीले १८ वटा शव भेटेका छौं, अरु २० जना घाइते भएका छन्, उनीहरुलाई सहरका विभिन्न अस्पतालहरुमा पठाइएको छ,” उहाँले भन्नुभयो ।

सोमालियाको सुरक्षा फौजले राष्ट्रपति कार्यालयमा गर्न लागेको विस्फोटनलाई असफल पारेको अधिकारीले बताएका छन् ।

पहिलो विस्फोटन स्थानीय समयानुसार बेलुका ६ बजे भएको थियो भने दोस्रो विस्फोटन त्यसको केही समयपछि सोमालियाको भिल्ला भन्ने स्थानमा भएको थियो ।

वीरगञ्जमा प्रहरी र प्रदर्शनकारीबीच झडप

१४ भदौ- पर्साको वीरगञ्जमा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताहरुबीच झडप भएपछि स्थिति तनावग्रस्त भएको छ । वीरगञ्जको नगवाचोक क्षेत्रमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ...