अपहरण मुद्दाका फरार तामाङ पक्राउ

            images of people in jailको लागि तस्बिर परिणाम

काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अपहरण मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।  ब्यूरोबाट खटिएको टोलीले पुनरावेदन अदालत पाटनको मिति २०७० वैशाख ३१ को फैसलाले नौ वर्ष कैद र ५० हजार जरिवाना सुनाएका धादिङका २७ वर्षीय सुनिल तामाङलाई शनिबार सिन्धुपाल्चोकबाट पक्राउ गरेको हो ।

तामाङले शिवबहादुर खड्कालाई जग्गा बेचेर आएको कमिसनबापतको रकम नदिएको रिसमा अपहरण गरी बन्धक बनाई राखेकाले तामाङविरुद्ध खड्काले जाहेरी दिएकामा अदालतले उक्त फैसला सुनाएको थियो ।  पक्राउ परेका तामाङलाई अदालतको आदेशअनुसार आज कैद भुक्तानका लागि जगन्नाथ देवल (केन्द्रीय) कारागार पठाइएको ब्यूरोले जनाएको छ ।

विश्वकपमा नेपालको जित

१४ माघ- नेपालले अन्डर- १९ विश्वकपमा शक्तिशाली न्यूजिल्याण्डलाई पराजित गर्दै सनसनिपूर्ण नतिजा निकालेको छ । बंगलादेशमा भएको खेलमा टेस्ट खेल्ने राष्ट्र न्यूजिल्याण्डलाई नेपालले ३२ रनले ...