प्रदेश ३ : मन्त्रालय टुंगो लागेको महिना दिन पुग्न लाग्यो, कर्मचारीको पत्तो छैन

काठमाडौं, फागुन १४ – प्रदेश नम्बर ३ मा मन्त्रालय स्थापना भएको एक महिना पुग्नै लाग्दासम्म कर्मचारी नभएपछि काम ठप्पजस्तै भएको छ ।

अहिलेसम्म आधा कर्मचारी पनि उपस्थित नभएपछि कतिपय मन्त्रालयमा कामसमेत सुरु हुन सकेको छैन । प्रदेश प्रमुख कार्यालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, प्रदेशसभा सचिवालय र ७ मन्त्रालयका लागि २ सय ३७ कर्मचारी खटाइएपनि अहिलेसम्म ६८ जना कर्मचारी मात्र हाजिर गर्न आईपुगेका छन् बाँकी १ सय ६९ कर्मचारी बेखबर छन् । कर्मचारीको अभाव भएपछि प्रदेशसभा सचिवालयमा समेत काम हुन सकेको छैन ।

 

 

pradesh 3 nepal imagesको लागि तस्बिर परिणाम

प्रदेशसभा सचिवालयमा केन्द्रबाट निश्चित समयका लागि खटाइएका शाखा अधिकृत सहितको टोली छन् । उनीहरुले सोमबारसम्म काम गर्ने, तर त्यसपछि भने सभा बस्न पनि निकै कठिन हुने सचिवालयका प्रदेशसभा सचिव भरतकुमार बुढाथोकीले बताउनुभयो ।

‘कर्मचारी भए त्यस्तो केही अप्ठ्याराहरु आउने थिएनन्, तर कर्मचारी नै नभएपछि भने हामीलाई पनि काम गर्न समस्या छ’ उहाँले भने, ‘कर्मचारीको व्यवस्थापन नभएमा सभा बस्न पनि निकै अप्ठ्यारो परिस्थिति हुन्छ ।’

प्रदेशसभामा सचिव सहित सचिवालयमा २८ जना कर्मचारीको दरबन्दी छ । तर अहिलेसम्म ८ जना मात्र कर्मचारी उपस्थित भएको सचिव बुढाथोकीले जानकारी दिनुभयो । कर्मचारी अभावकै कारण जिल्लाबाट समेत केही कर्मचारीलाई सहयोगका लागि बोलाएर काममा लगाइएको उहाँले बताउनुभयो । अहिलेसम्म मर्यादापालकको भने व्यवस्था भइसकेको छ ।

सचिवालयमा माईक अपरेटर भए पनि रेकर्डिङ अपरेटर छैनन् । सचिवालयमा ३ जना उपसचिवको दरबन्दी भएपनि एकजना पनि उपसचिव उपस्थित छैनन् । त्यस्तै ३ जना शाखा अधिकृतमध्ये एक जनाले मात्र काम चलाउनुपर्ने अवस्था छ । अहिले भएका शाखा अधिकृत समेत केन्द्रले निश्चित समयका लागि मात्र पठाएकोले मंगलबार आफ्नै कार्यालयमा फर्कनेछन् ।

सचिवालयमा शाखा अधिकृत, रेकर्डिङ अपरेटर र उपसचिव नै नभएमा सभा बस्न निकै नै समस्या हुने सचिव बुढाथोकी बताउनुहुन्छ । सचिवालयमा माईकको समेत समस्या देखिएको छ । साउण्ड सिस्टम समेत भाडामा लिएर चलाइएको छ ।

सुन्ने समय केबल १ मिनेटको मात्र हुने भएकोले सांसदले पोडियमसम्म पुगेर प्रतिकृया राख्न पाउँदैनन् । सरकारी पक्ष, प्रतिपक्षी दलका नेताजस्ता तोकिएका व्यक्तिले मात्र पोडियमबाट कुरा राख्न पाउँछन् ।

अहिलेसम्म प्रदेश प्रमुखको कार्यालयमा सचिवसहित १५ मध्ये १३ कर्मचारी हाजिर भइसकेको सचिव चतुर्भुज ज्ञवालीले जानकारी दिनुभयो । त्यस्तै मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा मुख्यमन्त्री र सचिवसहित २१ जनाको दरबन्दी रहेकोमा १३ जना कर्मचारी उपस्थित छन् ।

आर्थिक मामिला तथा योजना विकास मन्त्रालयमा मन्त्री, सचिव सहित १८ जनाको दरबन्दी रहेकोमा अहिलेसम्म ८ जना मात्र कर्मचारी आईपुगेका छन् ।

हाकुका गुठी पिडितले लालपुर्जा पाउने

रसुवाको हाकुका ४ सय ४१ गुठी पिडितले लालपुर्जा पाउने भएका छन् । मंगलबार र बुधबार गुठी सस्थानको केन्द्रिय कार्यालयमा भएको छलफल पछि गुठी सस्थानले जग्गाधनी ...