नेइमारको खुट्टाको सर्जरी सफल

पेरिस सेन्ट जर्मेनका स्ट्राइकर नेइमारको खुट्टाको सर्जरी भएको छ । यससँगै उनले आगामी मंगलबार हुने रियल मड्रिडविरुद्धको खेल गुमाउनेछन् ।

च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा ३-१ को जित निकालेको रियल मड्रिडले पीएसजीको होममा खेल्न बाँकी छ ।

neymar leg treatment imagesको लागि तस्बिर परिणाम
आइतबार लिग वानमा मार्सेलिएविरुद्धको खेलका क्रममा नेयमारको खुट्टाको जोर्नी फ्याक्चर भएको थियो ।

पीएसजीका प्रशिक्षकले नेयमार मंगलबार खेल्न सक्ने झिनो सम्भावना रहेको बताएका छन् । तर, नेयमारका बाबुले उनी ६ देखि ८ हप्ता मैदानबाट बाहिर रहने बताएका छन् ।

लिग वानमा पीएसजी १४ अंकले अगाडि छ । तर, नेयमारको अनुपस्थितिले च्याम्पियन्स लिगमा गाह्रो बनाउन सक्छ ।

एकै व्यक्ति पार्टी सभापति र संसदीय दलको नेता हुनुहुन्नः थापा

१९ फागुन, चितवन नेपाली कांग्रेसका नेता गगन थापाले अहिलेको परिवेशमा पार्टी सभापति र संसदीय दलको नेता एउटै व्यक्ति हुनु उपयुक्त नभएको बताएका छन् । चितवनमा ...