मुग्लिन-नारायणगढ सडकमा क्यान्टी लिभर राखिने योजना असफल

२०७४ फागुन १७ गते

चितवन – मुग्लिन नारायणगढ सडकमा क्यान्टी लिभर राखिने योजना असफल भएको छ । मुग्लिनतर्फको साँघुरो भागमा क्यान्टी लिभर राखेर सडक फराकिलो बनाउने योजना थियो ।सो क्षेत्रमा सडक निकै साँघुरो भएको र अग्लो डाँडो काट्न कठिन भएपछि घरमा बार्दलीजस्तो बनाएर सडक चौडा बनाउने प्रविधि (क्यान्टी लिभर) राख्ने योजना प्रस्ताव गरिएको थियो ।
ठेकेदार कम्पनी सुप्रिम रौताहा जेभिले क्यान्टी लिभर राख्न अस्वभाविक रुपमा थप रकम माग गरेपछि सो तयारी असफल भएको हो । सो क्षेत्रमा सडक चौडा गर्न परामर्शदाता कम्पनीले तीनवटा विकल्प दिएको नारायणगढ मुग्लिन सडक आयोजनाका निमित्त प्रमुख गोविन्द खनाल बताउनुहुन्छ ।

Image may contain: mountain, outdoor and nature

मुग्लिनबाट नारायणगढतर्फ ८०० मिटरदेखि एककिलोमिटर ३०० मिटरसम्मको ५०० मिटर लम्बाइको नौ ठाउँमा १२३ मिटर लम्बाइमा क्यान्टी लिभर राख्ने तयारी गरिएको थियो । ती ठाउँमा शुरुमा सडक पाँच दशमलव पाँचदेखि छ मिटरसम्म फराकिलो थियो । भित्तो काटेर हाल सात दशमलव पाँच मिटरसम्म फराकिलो भएको छ । सम्झौताअनुसार ती ठाउँमा सडक नौ मिटर फराकिलो बनाउनु पर्ने हुन्छ । सन् २०१५ को अप्रिलबाट दुई वर्षमा काम सक्ने गरी ठेक्का दिइएको सो सडकको काम हालसम्म ७६ दशमलव ५ प्रतिशत मात्र सम्पन्न भएको छ ।

 

मन्त्रिपरिषद् विस्तारको तयारी

९ पुस- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । केही साना दललाई समेटेर ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् । स्रोतका अनुसार ...