प्रहरीको खोजी सूचीमा रहेका सांसद सिलवाल संसद भवनमा

प्रहरीको खोजी सूचीमा रहेका सांसद नवराज सिलवाल संघीय संसद भवन पुगेका छन् ।

एमाले–माओवादीतर्फबाट संघीय संसदमा निर्वाचित सांसदहरुलाई प्रशिक्षण दिन आयोजना गरिएको कार्यक्रममा भाग लिन सिलवाल संसद भवन नयाँ बानेश्वर पुगेका हुन् । ढाका टोपी र कालो रङको कोट(पाइन्टमा रहेका उनी संसद् भवन छिरेका हुन्।

आइजिपी बढुवा सम्बन्धी मुद्दामा सिलवालले पेश गरेको कार्यसम्पादन मूल्यांकन (कासमू) सम्बन्धी कागजपत्र कीर्ते रहेको भन्दै अनुसन्धान गरी कारबाही गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो। त्यसपछि उनी फरार रहँदै आएका छन् भने प्रहरीले खोजी गरिरहेको बताएको छ। सिलवालले भने सरकारले प्रतिशोध स्वरुप आफूविरुद्ध मुद्दा चलाउन खोजेको आरोप लगाउँदै आएका छन्।

उनी शनिबार बिहान करिव पौने ११ बजेतिर भवन पुगेका थिए । प्रशिक्षण कार्यक्रम ११ बजेलाई बोलाइएको थियो ।पार्टी एकता गर्ने गरी अघि बढिरहेका दुई पार्टीले संसदीय गतिविधिमा कसरी अघि बढ्ने भनेर सांसदहरुलाई प्रशिक्षण दिन लागेका हुन्। एमाले अध्यक्ष एवं माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले प्रशिक्षणमुलक मन्तव्य दिने छन्।

‘म यस्तो गीत गाउँछु’ ले पुरा गर्यो ५१ दिन

सुदर्शन थापा र पूजा शर्माको सहकार्यमा निर्माण भएको यस वर्षको पहिलो सुपरहिट फिल्म ‘म यस्तो गीत गाउँछु’ हालसम्म काठमाण्डौका केही हलमा चलिरहेको छ । बालाजुको ...