वर्षाले छाडेपछि ‘रानीमहल’को प्रस्ताव साम्राज्ञीलाई, गर्लिन त ?

samragyee rl shah  (6)

केहि समय अघि काठमाडौँमा धुमधामसँग पत्रकार सम्मेलनको आयोजना गरि ‘रानीमहल’ फिल्मको घोषणा गरियो । जसमा नायिका वर्षा शिवाकोटी र ‘ऐश्वर्य’बाट चर्चामा आएका प्रशान्त ताम्राकार मुख्य भूमिकामा थिए । तर निर्धारित समयमा सुटिङ सुरु नभए पछि वर्षा र प्रशान्त दुबैले ‘रानीमहल’ छाडे । माघको पहिलो सातादेखि सुटिङ सुरु गर्ने गरि वर्षा र प्रशान्तसँग फिल्म युनिटले सम्झौता गरेको थियो । तर सम्झौता अनुशार फिल्मको सुटिङ सुरु भएन् । त्यसपछि समय अभावका कारण वर्षा र प्रशान्तले ‘रानीमहल’बाट हात झिकेका थिए ।

वर्षाले छाडेपछि ‘रानीमहल’मा अब नयाँ अभिनेत्रीले काम गर्ने भएकी छिन् । फिल्म युनिटले नायिका साम्राज्ञीलाई आवद्ध गर्ने सोँच बनाएको छ । हाल आर्यन सिक्देलसँग कायरा फिल्मको सुटिङमा ब्यस्त साम्राज्ञीलाई आवद्ध गराउन फिल्म युनिट लागि परेको छ । स्रोतका अनुशार ‘रानीमहल’ मा साम्राज्ञीलाई मोटो रकम दिएर पनि आवद्ध गराउने सोँच बनाएको छ । स्रोतले भन्यो–’अब वर्षाको सट्टामा साम्राज्ञी हुने संभावना बढेको छ । निर्माताहरु मागे जति पारिश्रमिक दिएर पनि फिल्ममा ल्याउन चाहान्छन् । तर फाइनल भएको छैन् ।’