समाचार लेखेकै आधारमा अदालतको अवहेलना हुन्न : पत्रकार महासंघ

१८ बुँदे घोषणापत्र जारी गर्दै महासंघको केन्द्रीय समितिको बैठक जनकपुरमा सम्पन्न

जनकपुर — नेपाल पत्रकार महासंघ समाचार लेखेकै आधारमा अदालतको अवहेलना हुँदैन भन्नेमा पक्षमा रहेको बताएका छ । कान्तिपुरले समाचार लेखेकै आधारमा अवहेलनाको मुद्दा खेप्नुपरेकोमा महासंघले विरोध जनाएको छ ।

जनकपुरमा दुई दिनसम्म बसेको महासंघको केन्द्रीय समितिको बैठकपछि बुधबार आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष गोविन्द आचार्यले राज्यका सबै निकायले प्रेस स्वतन्त्रताको सम्मान गर्नुपर्ने बताएका छन्।
‘कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका सबै निकायले प्रेस स्वतन्त्रताको सम्मान गर्नुपर्छ,’ अध्यक्ष आचार्यले भने, ‘यी सबै निकायले प्रेस स्वतन्त्रताको विरोधी नहुने कानुन बनाउनुपर्छ।’
पत्रकार महासंघका महासचिव रमेश विष्टले समाचार लेखेकै आधारमा कान्तिपुरलाई लगाइएको अवहेलनाको मुद्दाको विरोध गरे। उनले समाचार लेखेकै आधारमा अदालतको अवहेलना हुन्न भन्ने मान्यतामा महासंघ अडिग र प्रतिबद्ध रहेको बताए। ‘समाचार लेख्दा अदालतको अवहेलना हुन्न भन्नेमा महासंघको दृढता र अडान कायमै रहेको छ,’ महासचिव बिष्टले भने।
जनकपुरमा सम्पन्न महासंघको केन्द्रीय समितिको बैठकले महासंघको प्रदेश अधिवेशनका लागि बैशाख २२ गतेको मिति निर्धारण गरेको छ। अध्यक्ष आचार्यले बैशाख २२ गते प्रदेश अधिवेशनका लागि सबै प्रदेशका एकैदिन प्रत्यक्ष निर्वाचन हुने जानकारी दिए। महासंघको बैठकपछि १८ बुँदे जनकपुर घोषणापत्र पनि सार्वजनिक गरेको छ।
घोषणापत्रमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठनको प्रकृया रोकिएकोमा सरकारको ध्यानाकर्षण गराइएको छ। महासंघले केन्द्र र प्रदेशमा प्रतिष्ठान स्थापनाको प्रकृया अगाडि बढाउन पनि सरकारसंग माग गरेको छ। यस्तै सरकारले ल्याएको अनलाइन निर्देशिका प्रेस स्वतन्त्रता विरोधी रहेको भन्दै महासंघले त्यो निर्देशिका फिर्ता गर्न माग गरेको छ।
महासंघको धुलिखेलको बैठकअनुसार महासंघलाई ट्रेड यूनियन संस्थाको रुपमा विकास गर्न प्रतिष्ठान शाखालाई ट्रेड युनियनमा दर्ता प्रकृया अगाडि बढाउने निर्णय गरेको महासचिव विष्टले जानकारी दिए।

विधेयक प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११३ बमोजिम आइतबार १० विधेयक प्रमाणीकरण गर्नुभएको छ । व्यवस्थापिका–संसद्को बैठकबाट पारित राष्ट्रिय दलित आयोग विधेयक, २०७४, अपांगता भएका ...