आज सभामुख पदका लागि उम्मेदवारको मनोनयन हुँदै

parliament of nepalको लागि तस्बिर परिणाम

काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदका लागि शुक्रबार आज उम्मेदवारको मनोनयन हुँदैछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सभामुख चयनको कार्यतालिकाअनुसार बिहान १० बजेदेखि १ बजेसम्म मनोनयन दर्ता गर्नुपर्ने छ । कार्यतालिका अनुसार संघीय संसद्का महासचिव समक्ष सम्बन्धित उम्मेदवारले आफ्नो उम्मेदवारी दिनुपर्ने छ ।

शनिबार दिउँसो १ बजे सभामुख चयनका लागि मतदान हुने कार्यतालिका छ । प्रतिनिधिसभा कार्यसञ्चालनको अन्तरिम विधिअनुसार एकमात्र मनोनयन परे पनि प्रस्ताव निर्णयार्थ पेश हुनेछ । एकभन्दा बढी प्रस्ताव परेमा प्रतिनिधिसभामा मत विभाजन हुनेछ । मनोनयनमा परेका उम्मेदवारको अन्तिम नामावली सचिवालयले आजै दिउँसो साढे १ बजे सार्वजनिक गर्ने छ

नेपाल टेलिकमले ‘ह्याप्पी सोसल मिडिया प्याक’ र ‘विद्यार्थी अफर’ ल्यायो

 नेपाल टेलिकमले मातातीर्थ औंसी र एसईई परीक्षा दिएका विद्यार्थीलाई लक्षित गरी सोमबारदेखि नयाँ प्याकेज लागू गरेको छ ।  टेलिकमले उपभोक्ताको सुविधाको लागि ‘ह्याप्पी सोसल मिडिया प्याक’ ...