मृत्युपछि पनि पूजाको आत्मलाई पीडा

बारा : बलात्कृत बालिका पूजा शाहको शव सडकमा राखेको आज पाँचौ‌ दिन भयो। बलात्कारीलाई कडा सजाय तथा पीडितलाई क्षतिपूर्ति माग राख्दै बाराको कलैयामा पाँच दिनदेखि बलात्कृत बालिकाको शव सडकमै राखेर हरेक दिन प्रदर्शन भइरहेको छ। तर सरकारले प्रभावित पक्षको मागलाई सम्बोधन गरेर बालिकाको दाहसंस्कार गर्ने वातावरण अहिलेसम्म तयार गर्न सकेको छैन। प्रदर्शनमा सहभागी हुनेहरुको एउटै गुनासो छ ‘पूजालाई बचाउन त सकिएन, मृत्युपछि पनि उनको अलपत्र पार्ने काम राज्‍यबाट भएको छ। उनको आत्मलाई पीडा दिने काम भइरहेको छ।’ प्रदर्शनको अगुवाइ गरेको बेटी बचाउ संघर्ष समिति तथा प्रभावित परिवारसँग अहिलेसम्म सरकार तथा स्थानीय प्रशासनले पनि वार्ता गरेको छैन। संघर्ष समितिका संयोजक प्रमोद गुप्ताले भने, पाँच दिन सडकमा शव राखेर धर्ना दिदा पनि सरकारले सुन्ने प्रयास गरेको छैन। न वार्ताका लागि बोलाएको छ।’ उनले बलात्‍कारपछि ज्यान गुमाएकी बालिकाको पक्षमा आवाज उठाउँदा उल्टै सरकारले राजनीति गरेको आरोप लगाउनु दुर्भाग्यपूर्ण भएकाे बताए ।

बाराको कलैयामा बेटी बचाउ संघर्ष समितिले बलात्कारीलार्इ फाँसी दिने व्यवस्था कानुनमा उल्लेख नभए सम्म बालिकाको शव नजलाउने अडान लिएको छ। अभियुक्तलाई कडा सजाय र उचित क्षतिपूर्तिको सुनिश्‍चितता सरकारबाट लिखित रुपमा भएमा आन्दोलन टुंगिनसक्ने संकेत स‌ंघर्ष समितिले दिएको छ। गृह मन्त्रालयका सचिव सूर्यप्रसाद सिलवालले भने बालिकाको शवमा राजनीति भएको प्रतिक्रिया दिएका छन्।

बालिकाको शव कलैयाको भरतचोकमा आइसको बक्सभित्र राखिएको छ।बलात्कृत बालिकाको उपचारकै क्रममा गत फागुन २४ गते कान्‍ति बालअस्पतालमा मृत्यु भएको थियो। मंगलबार उनको शव कलैया लगिएको थियो। कलैया मदर्शा टोलकी सात वर्षीया बालिका कलैया ६ मा रहेको श्री त्रिचन्द्र उच्च माविको दक्षिणपट्टी फागुन ९ गते शनिवार बिहान निर्वस्त्र र अचेत अवस्थामा फेला परेकी थिइन्। बालिकाको वीरगन्जमा उपचार हुन नसकेपछि थप उपचारका लागि दुइ हप्ता अघि हेलिकोप्टरबाट काठमाण्डौ लगिएको थियो।

काठमाडौको कान्तिबाल अस्पतालमा उपचारका क्रममा उनको गत आइतबार मृत्यु भएको थियो। बालिकाको बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले फागुन १० गते नै कलैया ४ निवासी २८ वर्षिया कन्हाई गुप्तालाई पक्राउ गरिसकेको छ। बाराका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले संघर्ष समितिको मागलाई सम्बोधन गर्न सरकार सकारात्मक रहेको र आफूले यो विषयमा केन्‍द्रलाई अवगत गराइएको बताए।

संघर्ष समितिले सात सुत्रीय माग सहितको ज्ञापनपत्र पनि बुधबार प्रधानमन्त्रीलाइ बुझाएको छ। समितिले बाराका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाइ ज्ञापन पत्र बुझाएको हो। जिल्ला प्रशासन कार्यालयमा संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीलाई ज्ञापपत्र बुझाएका हुन्।

ज्ञापनपत्रमा बालबालिाकाको बलत्कार र हत्यामा संलग्नलाइ मृत्यु दण्डको संवैधानिक व्यवस्था हुनु पर्ने ,गृहमन्त्री बामदेव गौतमले राजीनामा दिनु पर्ने ,कलैयामा भएका बालिका बलत्कार र हत्याका घटनाहरुको वैज्ञानिक अनुसन्धान गर्नु पर्ने ,पीडित परिवारलार्इ १० लाख राहत उपलब्ध गराउनु पर्ने माग गरिएको छ।

त्यसैगरी कलैयावासीको शान्ति सुरक्षाको राज्यद्धारा सम्बोधन हुनुपर्ने, कलैया नगर क्षेत्रमा नाइट भिजन सिसि क्यामेरा जडान गर्नुपर्ने, आशीष गुप्ता र रिया साहको हत्यारालार्इ सार्वजनिक गर्नु पर्ने माग उल्लेख छ । ज्ञापनपत्र बुझदै प्रमुख जिल्ला अधिकारी पन्थीले समितिले राखेको मागका बारेमा माथिल्लो निकायमा जानकारी गराउने आश्वसन दिए।

उनले माग पुरा गराउनका लागि आफुले सक्दो पहल गर्ने भन्दै बलात्कृत बालिकाको शवको दाहसंस्कार गर्न आग्रह गरेपनि समितिका सदस्यहरुले माग सम्बोधन नभए सम्म सडकबाट शव नउठाउने अडान दोहोर्याएका थिए।

नेपाली कांग्रेसको सरकार बन्छ:प्रम

३ मंसिर, डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले कांग्रेसलाई कुनै असर नपर्ने भन्दै कांग्रेसकै सरकार बन्ने दावी गरेका छन् । आइतबार प्रेस युनियन डडेल्धुराले ...