प्रदेश नं ३ को मन्त्रीहरुको सेवा सुविधाको विषयमा सैद्धान्तिक सहमति

 

प्रदेश नं ३ को मन्त्रीहरुको सेवा सुविधाको विषयमा सैद्धान्तिक सहमति भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा भएको आजको बैठकले मन्त्रीहरुको सेवा सुविधाको सैद्धान्तिक सहमति र गाउँसभा र नगरसभा सञ्चालन कार्यविधि गरी जम्मा दुईवटा निर्णय गरेको छ ।

 

बैठकले प्रदेशसभाको बैठकमा पेश गर्नका लागि गाउँसभा र नगरसभा सञ्चालन गर्नका लागि कार्यविधि तयार गरेको सरकारको प्रवक्ताको जिम्मेवारी आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिनुभयो । पत्रकारको प्रश्नको जवाफ दिँदै प्रवक्ता ढुंगेलले स्थानीय जनप्रतिनिधिको सेवा सुविधा फेरबदल हुन सक्ने बताउनुभयो । उहाँका अनुसार स्थानीय तहका कार्यपालिका र जिल्ला समन्वय समितिका सदस्यहरुले माग गरेको सेवा सुविधाको सम्बन्धमा पनि मन्त्रिपरिषद्मा छलफल हुनेछ ।

-रासस

महँगोमा किनेको बिजुली नै धेरै चोरी, यी हुन् बिजुली चोरी हुने क्षेत्

३१ चैत, काठमाडौं । भारतबाट महँगोमा किनेको बिजुली वितरण हुने क्षेत्रमा नै धेरै विद्युत्त चोरी हुने गरेको छ । नेपाल विद्युत्त प्राधिकरणले भारतबाट प्रतियुनिट ९ ...