मुटुरोगबाट पीडित मनोज तामाङको उपचारका लागि सहयोग

शिवपुरी गाउँपालिका वडा नं. ६ समुन्द्रादेवीका मुटुरोगबाट पीडित मनोज तामाङको उपचारका लागि अष्ट्रेलियामा वसोवास गर्दै आएका युवकको सहयोगमा ३५ हजार रकम हस्तान्तरण गरिएको छ ।

 

सोही ठाउँ घर भई हाल अष्ट्रेलियामा रहेका अमोद केसीले द ग्रयान्ज क्लब हाउस अष्ट्रेलिया, केही अष्ट्रेलियन र नेपाली सहयोगी व्यक्तिहरुसँग संकलन गरिएको रकम सहयोग स्वरुप पठाएका हुन् ।

 

उनले पठाएको रकम उनका पिता नेत्रबहादुर केसीले बिरामीलाई भेटेर हस्तान्तरण गरेका हुन् । स्थानीय युवाले सामाजिक सञ्जालमार्फत् मनोज तामाङ बचाऊ अभियान सन्चालन गरेपछिको सबैभन्दा ठूलो सहयोग रकम प्राप्त भएको हो । मुटु रोगको सफल उपचार गरेपछि मनोजको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको आफन्तले बताएका छन् ।

समाजसेवी अनुराधा कोइराला कांग्रेस प्रवेश

काठमाडौं, २६ कात्तिक । ‘सिएनएन हिरो’बाट सम्मानित समाजसेवी अनुराधा कोइराला नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आईतबार बालुवाटारमा आयोजित ...