सनराइजर्स हैदरावादले दिल्ली डेयरडेभिल्सलाई पराजित गर्यो

srh vs ddको लागि तस्बिर परिणाम

आइपिएल अन्तर्गत सनराइजर्स हैदरावादले दिल्ली डेयरडेभिल्सलाई पराजित गरेको छ । गएराती भएको खेलमा हैदरावादले दिल्लीलाई ७ विकेटले अरजित गरेको हो । फिल्लीले दिएको १६४ रन पछ्याएको हैदरावादले १९.५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

 

हैदरावादक लागि एलेक्स हालसले सर्वाधिक ४५ रन बनाए भने कप्तान केन विलियम्सनले ३२, सिखर धवनले ३३, युसुफ पठानले २७ र मनिष पाण्डेले २१ रन बनाएका थिए । दिल्लीका अमित मिश्राले ३ र प्लन्किटले एक विकेट लिएका थिए ।

 

srh vs ddको लागि तस्बिर परिणाम

यस अघि टस जितेर पहिला ब्याटिंग रोजेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाउदै १६३ रन बनाएको थियो । दिल्लीका लागि पृथिवी शाहले सर्वाधिक ६५ रन बनाए भने कप्तान श्रेयस अय्यरले ४४ रन बनाएका थिए । त्यस्तै विजय शंकरले २३ र रिषव पन्तले १८ रन बनाएका थिए ।

 

हैदरावादका बलर राशिद खानले २ र सिद्धार्थ कौलले एक विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच हैदरावादका राशिद खान बनेका थिए । उनले ४ ओभरमा २३ रन दिएर २ विकेट लिएका थिए । राशिदले पृथिवी शाह र रिषव पन्तलाई आउट गरेका थिए भने नमन ओझालाई रन आउट गरेका थिए ।

 

यस जितपछि हैदरावाद ९ खेलमा ७ जित र २ हारसहित १४ अंक सहित तालिकामा शिर्ष स्थानमा रहेको छ भने दिल्ली १० खेलमा ७ हार र ३ जित सहित ६ अंक लिएर सातौ स्थानमा रहेको छ ।

 

आइपिएल अन्तर्गत आज दुई खेल हुदै छन् । पहिलो खेल मुम्बई इण्डियन्स र कोलकोता नाइटराइडर्सबीच हुदै छ भने दोस्रो खेल किंग्स इलेभेन पंजाव र राजस्थान रोयल्सका बीच हुदै छ ।

 

नुवाकोट पुग्यो मतपत्र

२३ कात्तिक, नुवाकोट । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नुवाकोटमा आवश्यक मतपत्र जिल्ला आइपुगेको छ । निर्वाचनका ...