२५ औं मदन–आश्रित स्मृति दिवस विभिन्न कार्यक्रम गरी आज मनाउँदै

नेकपा एमालेले २५ औं मदन–आश्रित स्मृति दिवस विभिन्न कार्यक्रम गरी आज मनाउँदै छ । एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सम्झनामा एमालेले राजधानी र चितवनको दासढुंगालगायत मुलुकका विभिन्न ठाउँमा कार्यक्रम गर्दै छ ।

 

मदन–आश्रित स्मृति दिवसका अवसरमा एमालेले आयोजना गर्ने कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेताहरुसमेत सहभागी हुने बताइएको छ । दुई दलबीच एकता प्रक्रिया अन्तिम चरणमा पुगेका बेला एमालेले गर्ने कार्यक्रममा माओवादी केन्द्र पनि सहभागी हुने भएको हो ।

 

२०५० साल जेठ ३ गते आजकै दिन पोखरामा भएको एमालेको जिल्ला अधिवेशन सकेर चितवनमा अखिल नेपाल महिला संघको भेलामा आउँदै गर्दा भण्डारी र आश्रित चढेको जीप चितवनको दासढुंगामा दुर्घटनामा परेको थियो । जीपका चालक अमर लामा जिवित रहे पनि नेताहरुको निधन भएको थियो । भण्डारी र आश्रित चढेको गाडी दासढुंगामा दुर्घटनामा परेको दिनको सम्झना गर्दै मदन आश्रित दिवस मनाउन थालिएको हो ।

 

कप्तान पारस भन्छन्- जिम्मेवारी पूरा गर्ने पालो सरकारको

नेपाललाई एकदिवसीय मान्यता दिलाएर स्वदेश फर्किएको नेपाल टोलीले क्रिकेटको बल सरकार र क्रिकेट स्टेकहोल्डरको कोर्टमा फालेका छन् । कप्तान पारस खड्का भन्छन्, ‘खेलाडीहरुले आफ्नो जिम्मेवारी ...