राष्ट्रपति डोनाल्ड ट्रम्पको आयात कर लगाउने निर्णयप्रति आपत्ति

अमेरिकाका सहयोगी देशहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पको आयात कर लगाउने निर्णयप्रति आपत्ति जनाएका छन् । ट्रम्पले मेक्सिको र क्यानडाबाट गरिने स्टील र एलुमिनियमको आयातमा कर लगाएका छन् । बिहीबार रातिबाट स्टीलमा २५ र एलुमिनियममा १० प्रतिशत कर लगाएको निर्णय कार्यान्वयनमा ल्याइएको हो । सो निर्णयप्रति तीब्र असन्तुष्टि जनाउँदै युरोपेली संघ र मेक्सिकोले बदला लिने घोषणा गरेका छन् ।

 

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार बिरोध गर्नेमा बेलायतसहितका अमेरिकाका सहयोगी देशहरु प्नि छन् । युरोपेली आयोगका अध्यक्ष जँ क्लोड युङ्करले कर लागू गर्ने अमेरिकी निर्णय अस्वीकार्य रहेको भन्दै त्यसविरुद्ध सबै उपाय अपनाइने टिप्पणी गरे । त्यसैगरी फ्रान्सका अर्थमन्त्री ब्रुनो ल मेएरले अमेरिकी कर अनुचित र खतरनाक हुने भन्दै ईयूले अमेरिकाले लगाएको करको जवाफ दिन आवश्यक सबै उपाय अपनाउने चेतावनी दिए ।

 

अमेरिकी राष्ट्रपति ट्रम्पले राष्ट्रिय सुरक्षाको कारण जनाउँदै गत मार्चमा विदेशबाट आयात गरिने स्टील र एलुमिनियममा कर लगाउने योजना सार्वजनिक गरेका थिए ।

विदुरमा बृक्षारोपण

नुवाकोटको विदुर नगरपालिका वडा नं. २ मा रहेको रावलधारा परिसर तथा शहरी स्वास्थ्य केन्द्रमा सोमवार वृक्षरोपण गरिएको छ । विदुर सिटी युथ क्लबको आयोजनामा विभिन्न ...