वीर अस्पतालमा पहिलोपटक कलेजोको कडापन जाँच्ने आधुनिक उपकरण ‘फाइब्रो स्क्यान’ मेसिन जडान

वीर अस्पतालमा पहिलोपटक कलेजोको कडापन जाँच्ने आधुनिक उपकरण ‘फाइब्रो स्क्यान’ मेसिन जडान गरिएको छ ।

 

रोटरी क्लब अफ राजधानी र रोटरी क्लब अफ काठमाडौं मेट्रोको सहयोगमा उक्त उपकरण जडान गरिएको हो । शुक्रबार अस्पतालमा आयोजित कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याललाई भारत, चेन्नाईबाट आएका रोटरीयन सुशील गुप्ताले उपकरण हस्तान्तरण गरेका हुन् ।

हेपाटाइटिस ‘बी’ र ‘सी’ तथा मदिरा सेवनका कारण कलेजो बिग्रिएकाहरूका लागि शल्यक्रियाबिनै कलेजोको कडापन थाहा पाउनसकिने उक्त मेसिन हालसम्म कुनैपनि सरकारी अस्पतालमा नरहेको जनाइएको छ । स्वास्थ्य मन्त्रालय र रोटरी क्लबको संयुक्त लगानीमा उक्त उपकरण वीर अस्पतालमा जडान गरिएको हो ।

 

दुई करोड रुपैयाँभन्दा बढी पर्ने उक्त फाइब्रो स्क्यानका लागि मन्त्रालयको २० लाख रुपैयाँ लगानी रहेको छ भने बाँकी रकम रोटरीले सहयोग गरेको छ । यसैगरी, अस्पताललाई ९ ओटा डायलाइसिस उपकरण पनि हस्तान्तरण गरिएको छ । रोटरीले अस्पताललाई मिर्गौला फेल भएकाको उपचारमा सहयोग पुर्‍याउन डायलाइसिस मेसिन दिइएको जनाइएको छ ।

साउदीमा आवास अनमुति र श्रम सम्बन्धी नियम अवज्ञा गर्नेलाई यस्तो सजाय हुन्छ (भिडियो)

राजतन्त्रात्मक शासन व्यवस्था भएको साउदीको कानुन इस्लामिक धार्मिक कानुन सारियामा आधारित छ । सारिया अति कट्टर र कठोर कानुन मानिन्छ । मुस्लिम धर्ममा गर्न नहुने ...