‘मेची महाकाली ट्यालेन्ट’ शोको लागि काठमाडौं अडिसन आगामी शनिबार हुने

0

‘मेची महाकाली ट्यालेन्ट’ शोको लागि काठमाडौं अडिसन आगामी शनिबार हुने भएको छ । काठमाडौं बाहिर विभिन्न ६ शहरमा सफलताका साथ अडिसन सकाएसँगै आगामी शनिबार काठमाडौं अडिसन हुन लागेको हो । यसै शोको लागि विर्तामोड, बुटवल, हेटौंडा, नारायणगढ, पोखरा लगायतका स्थानमा अडिसन भइसकेको छ । यस रियालिटी शोमा सबै उमेर र जुनसुकै प्रतिभा भएका व्याक्तिले भाग लिन पाउने छन् ।

 

आयोजकका अनुसार काठमाडौं अडिसन यहि शनिबार मिनभवन स्थित एभरेष्ट फिल्म एकेडेमीमा बिहान १० बजेबाट सुरु हुने भएको छ । आयोजकको तर्फबाट देब मगरका अनुसार फरक प्रतिभाहरुलाई एउटै मञ्चबाट उजागर गर्ने उद्देश्यले हुन लागेको ‘मेची महाकाली ट्यालेन्ट’मा प्रतियोगीले कुनै पनि शुल्क तिर्नु पर्दैन ।

यस रियालिटी शोको लागि जजको रुपमा अभिनेता सुनिल थापा, गौरी मल्ल, त्रिलोक राना र गम्भीर बिस्ट रहेका छन् । प्रतियोगितामा गायन, अभिनय, नृत्य र अन्य विधाहरुमा प्रतिस्पर्धा हुने बताइएको छ ।

ग्रेड वान मिडिया प्राइभेट लिमिटेडले आयोजना गरेको रियालिटी शोमा विजेताले २१ लाख नगद उपहार पाउनेछन् ।

No comments

मोरङ जिससमा कांग्रेस एक्लियो, एमालेको नेतृत्वमा चार दलको गठबन्धन

मोरङको जिल्ला समन्वय समिति गठन गर्न नेपाली कांग्रेस बाहेक सबै दलबीच गठबन्धन हुने भएको छ । जिल्लाका १७ स्थानीय तहको परिणाम आउँदा जिल्ला समन्वय समितिमा ...