मकै छोडाउने मेसिन वितरण

0

रसुवाको नौकुण्ड गाउँपालिकाका कृषक समुहलाई मकै छोडाउने मेसिन वितरण गरिएको छ । गाउँपालिकामा मकै उत्पादन बढ्दै गएकोले कृषकको सहजताका लागि कृषि विकास शाखाले ८ वटा समुहलाई मेसिन वितरण गरेको हो । कृषकको समय र लगानी बचाउनका लागि मेसिन वितरण गरिएको कृषि शाखा प्रमुख शम्भुप्रसाद राईले बताए ।

मकै छोडाउने मेसिन कृषक समुहलाई ७५ प्रतिशत अनुदान उपलब्ध गराइएको शाखा प्रमुख राईले बताए । ११ हजार पर्ने मेसिनलाई अनुदानमा कृषक समुहलाई दुई हजार सात सय ५० मा उपलब्ध गराइएको छ । कृषि सामग्री गाउँमा नै आएपछि कृषक हर्षित भएका छन् ।

गाउँमा कृषि शाखा सञ्चालनमा आएपछि कृषकलाई सहज भएको कृषक होमबहादुर लामाले बताए । यसअघि विउ लिनका लागि चार घण्टा हिँडेर कालिकास्थान जानूपर्ने भएपनि स्थानीय तह आएसँगै सहज भएको उनले बताए ।

‘कृषि शाखाले जनचेतना दिएर, विउ विजन पनि दिएको छ, कृषक लामाले भने, अहिले अहिले गाउँमा तरकारी खेती गर्ने पनि बढेका छन् ।’ कृषि शाखाले गाउँपालिकामा कृषिमा आधुनिकिकरण गर्नका लागि विशेष खालको योजना ल्याइरहेको छ ।

यसअघि मकैको विउ वितरण गरेको शाखाले यो पटक मेसिन वितरण गरेको जनाएको छ । यसअघि गाउँपालिकाका ६० जना कृषकलाई ५० प्रतिशत अनुदानमा रामपुर कम्पोजिट र अरुण २ जातको १२ सय केजी मकैको बिउँ वितरण गरिएको शाखाले जनाएको छ ।

गाउँपालिकामा कृषि कार्यक्रम सञ्चालनका लागि ६३ लाख बजेट छुट्याइएको थियो । शाखाले दिएको जानकारी अनुसार यो वर्ष अनुदानमुखी कार्यक्रम, नयाँ प्रविधिमैत्री कार्यक्रम, गोठ सुधार, तालिम सञ्चालन, माटो जाँच, तरकारीको विउ वितरण लगायतका कार्यक्रम सञ्चालन भइरहेको छ । 

No comments

वर्षाले छाडेपछि ‘रानीमहल’को प्रस्ताव साम्राज्ञीलाई, गर्लिन त ?

केहि समय अघि काठमाडौँमा धुमधामसँग पत्रकार सम्मेलनको आयोजना गरि ‘रानीमहल’ फिल्मको घोषणा गरियो । जसमा नायिका वर्षा शिवाकोटी र ‘ऐश्वर्य’बाट चर्चामा आएका प्रशान्त ताम्राकार मुख्य ...