राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा

राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा विहीवार नुवाकोटमा वृक्षरोपण
गरिएको छ । जिल्ला वन कार्यलय नुवाकोटको आयोजनामा जिल्ला ट्राफिक
कार्यलय नुवाकोटको परिषरमा रहेको खाली स्थानमा विरुवा रोपेर वृक्षरोपण
गरिएको हो ।

वृक्षरोपण कार्यक्रममा ५० विभिन्न प्रजातिका विरुवाहरु रोपिएको थियो ।
वृक्षरोपण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उद्धववहादुर थापा, जिल्ला समन्वय
समितिका नुवाकोटकी उपप्रमुख अप्सरा थापा, जिल्ला समन्वय अधिकारी सच्युतराज
उप्रेती, जिल्ला ट्राफिक कार्यलय नुवाकोटका प्रमुख शम्भुबहादुर अधिकारी,
विदुर नगरपालिकाका कर्मचारी, जिल्ला वन कार्यलयका कर्मचारीहरुको सहभागिता
रहेको थियो ।

बेलकोटगढी नगरपालिकाको आगामी वर्षको लागि निति तथा कार्यक्रम पारित

बेलकोटगढी नगरपालिकाको आगामी वर्षको लागि निति तथा कार्यक्रम पारित भएको छ । बेलकोटगढी नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ६६ करोड ८६ लाख १३ हजार रुपैयाँको ...