रसुवागढी नाकामा राजश्व संकलनमा वृद्धि

४ बैशाख, रसुवा

रसुवागढी नाकामा गत वर्षको तुलनामा यस वर्ष राजश्व संकलनमा वृद्धि भएको छ ।

सरकारले यस वर्ष यो नाकाको राजस्व ८ करोड ४ लाख रुपैयाँ असुली गर्ने लक्ष्य लिएको भएपनि आर्थिक वर्षको ८ महिना बित्दा २५ करोड ८४ लाख रुपैयाँ असुली भइसकेको छ । अबको तीन महिनामा १० करोडभन्दा बढी उठ्ने अनुमान गरिएको छ ।Rasuwagadhi-Border1

यो नाका तातोपानीभन्दा आकर्षक बन्दै गएकोले १० महिनाअघि चीनले सुविधा सम्पन्न नाका बनाएपछि व्यापारीको आकर्षण बढेको स्थानीय व्यापारीहरु बताउँछन् । सुनकोसी पहिरोले तातोपानी बन्द हुँदा यो नाकाबाट कारोवार निकै बढेको र चहलपहल बढेकाले पनि यो नाकाबाट राजश्व बृद्धि गराउन सघाउ पुगेको बताइएको छ ।

सो समयमा रसुवा भन्सार कार्यालयले लक्षित गरेको राजस्व सवा ३० लाख रहेकामा १ करोड ८७ लाख ७२ हजार रुपैयाँ असुली ग¥यो । फलफूल, लुगा, कपडा, जुत्ता, खेलौना, कस्टमेटिक समान, ब्लाङ्केट, थर्मस, इलोक्ट्रोनिक वस्तुहरू आयातित समान झार्न दैनिकजसो दर्जन गाडी रसुवागढी आए । यताबाट मैदा, सख्खर, खुर्सानी, चिउरा, अम्रिसोको कुचो, चाउचाउ, सख्खर, फ्रुटी लगायतका सामान निर्यात भएका थिए ।

विमान दुर्घटनामा नुवाकोटकी डा. स्वेता थापाको ज्यान गयो

नुवाकोट सोमबार काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरणको क्रममा दुर्घटनाग्रस्त यूएस बंगला विमानमा विदुनगरपालिका-८ थुम्का २३ वर्षीया डा. स्वेता थापाको निधन भएको छ । उनको शव शिक्षण अस्पतालमा ...