उत्तरगया गाउँपालिकाको गाउँ सभा सम्पन्न

0

उत्तरगया गाउँपालिकाको गाउँ सभा सम्पन्न । उत्तरगया गाउँपालिकाको गाउँ सभा गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालले उदघाटन गरि गाउँपालिका को निति तथा कार्यक्रम गाउँ सभामा प्रस्तुत गर्नुभएको थियो । उत्तरगया को सबै वडा समेटनिगरि कृषि रिङरोड प्रतेक वडामा एक वडा गौरवको योजना निर्माण वडा देखि गाउँपालिका सदरमुकाम समको सडक निर्माण मा जोड आयोजना छनोटको करममा ५लाख भन्दा बढि लागत लाग्ने आयोजनालाई प्राथामिकता दिईने गाउँ को समग्र बिकास निर्माण मा सार्वजनिक निजी साझेदारीको अबधारणा अबलम्बन गरिने एगे डाँडागाँउ र ठुलोगाउँमा होमस्टे टुरिजम, डाडाँगाँउ देखि गणेश हिमालसम्म पैदल मार्गको पर्यटन गुरु योजना तयार गरिने निति तथा कार्यक्रममा रहेको छ । उत्तरगया समृद्धि र बिकासको आधार शिक्षा कृषि पर्यटन र पुर्वधार तथा सहभागीतामुलक दिगो बिकासको माध्यमबाट उत्तरगयागाउँ बासिमा समृद्धि ल्याउने उदेश्य लाई ब्यबहारमा उतार्न विभिन्न चरणको सहभागीता मुलक योजना तर्जुमा प्रकिया अबलम्बन गरि आगामी आर्थिक वर्ष २०७५र ७६ को समग्र आय ब्यय बिवरण बजेट तथा कार्यक्रम हरु उपाध्यक्ष चमेली गुरुङ बाट गाउँ सभामा प्रस्तुत गरिएको थियो । आ ब २०७५र७६ को कुल बजेट २२ करोड ९४ लाख ४० हजार अनुमानित आय मध्ये संघिय र प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदानको रकम १० करोड ५५ लाख २१ हजारलाईसंघ र प्रदेश सरकारकको कार्यक्रमा र्खच गरिने छ । ( कु आय रकम २२ करोड ९४ लाख ४० हजार ) र ( पुजिगत तर्फ ६ करोड ४२ लाख ) र ( ३ करोड ६० लाख १० हजार ) चालू तर्फ रहेको छ । शिक्षा, कृषि क्षेत्र प्रवद्धन गर्न ५० लाख , पशु बिमा तथा पशु विकास कार्यक्रमाको लागि ३५ लाख आदि बिषयगत निकायको शसत अनुदान बाहेक समग्र उत्तरगया क्षेत्रको सामाजिक विकासलाई समेट्ने गरी शिक्षामा ३० लाख ९ हजार आयुवर्देमा १५ लाख स्वास्थ्यमा ७० लाख , लक्षित वर्ग कोषको लागि १० लाख , युवा समाजलाई १ लाख, रुपैया बिनियोजन गरेको छ । साथै उत्तरगया क्षेत्रको पुर्वाधार विकासको लागि पँुजिगत ५५ लाख गाउपालिकाको सेवा प्रवाहलाई सहजिकरण गर्न भवन निर्माणको लागि १५ लाख विनियोजन गरीएको छ । पुर्वाधार निर्माण तथा मर्मत सुधार गर्न ५ लाख प्रत्येक वडामा विनियोजन गरीएको छ । नागरीक विकास कोष स्थापना गर्न ३० लाख , विपद् व्यवस्थापन कोष १० लाख , भुसंरक्षण कार्यक्रमको लागि २० लाख , वातावरणीय कार्यक्रमको लागि ५ लाख , शेयर लगानीको लागि २५ लाख , सवारी खरीदको लागि ५० लाख , गाउपालिकाको आवश्यक जग्गा प्राप्तिको लागि ३० लाख विनियोजन गरिएको छ । आ व २०७५ र ७६ मा विभिन्न बिषयगत क्षेत्र का कृषि पर्यटन गोरेटो बाटो टेरकिङ रुट निर्माण शिक्षा खानेपानी सिचाइ बिधुतिकरण आर्थिक सामाजिक भौतिक पुर्वाधार निर्माण को लागि आबश्यक रकम विनियोजन गरिएको छ ।

No comments

रसुवा जिल्लालाई ४३ औं साक्षर जिल्ला सोमवार घोषणा

धुन्चे, रसुवा , माघ २९ रसुवा जिल्लालाई ४३ औं साक्षर जिल्ला सोमवार घोषणा गरिएको छ ।गोसाईकुन्ड गाउ पालिकाको धुन्चे स्थित बाल मन्दिरमा एक कार्यक्रमकाबीच प्रतिनिधी ...