रसुवामा रातिको समयमा हेलिकप्टर अवतरण गर्नका लागि हेलिप्याड निर्माण

रसुवामा रातिको समयमा हेलिकप्टर अवतरण गर्नका लागि नयाँ हेलिप्याड निर्माण गरिएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको कालिजंग गणले आधुनिक हेलिप्याड निर्माण गरेसँगै रातिको समयमा पनि हेलिकप्टर अवतरण गर्न सकिने भएको हो ।

सेनाले पुरानो हेलिप्याड रहेको स्थानमा नयाँ हेलिप्याडको निर्माण गरेको छ । हेलिप्याड निर्माणका लागि करिब १४ लाख खर्च भएको छ । हेलिप्याडमा वाइन्ड डिरेक्सन इन्डिकेटर, लाइटिङ, हेलिकप्टरको इन्ट्री र एक्जिट प्वाइन्ट राखिएकोे गणले जनाएको छ । बत्ती आइकाओ मापदण्डको राखिएको छ । हेलिप्याडमा २० वटा सेन्सर बत्ती छ ।

रातिको समयमा बल्ने र उज्यालो भएपछि निभ्ने भएकाले राति अवतरणमा समस्या नहुने सेनाले जनाएको छ । बत्ती सोलारबाट सञ्चालन हुनेछ । ६ इन्च सोलिङ गरेर ६ इन्च ढलान गरिएको छ । हेलिप्याडमा रडको प्रयोग गरिएको छ । ५० फिट डायमिटरको हेलिप्याड निर्माण भएको सेनाले जनाएको छ ।

एमआइ सेभेन्टिन हेलिकप्टर अवतरण गर्न सकिने बताइएको छ । हेलिप्याड निर्माणका लागि जिल्लाको तीन वटा गाउँपालिका, तीन वटा जलविद्युत आयोजना र मैलुङ स्याफ्रु निर्माण कार्यदलले निर्माण सामग्री उपलब्ध गराएका सेनाले जनाएको छ

जिल्लाको गोसाइँकुण्ड, आमाछोदिङ्मो र कालिका गाउँपालिकाले निर्माण सामग्री उपलब्ध गराएका छन् । त्यसैगरी रसुवागढी, सान्जेन र माथिल्लो त्रिशुली एकले हेलिप्याड निर्माणमा सामग्री उपलब्ध गराएका बताइएको छ ।

भौगोलिक विकटता,जीर्ण सडक र एम्बुलेन्सको अभावका कारण जटिल खालका बिरामीलाई समयमा अस्पताल पु¥याउन समस्या हुँदै आएको छ । विपद्को समयमा सवारी साधनबाट लैजानका लागि सम्भव नभएकोले हेलिप्याडको निर्माणले सहज हुने बिश्वास गरिएको छ ।

निर्माण भएकोे हेलिप्याडमा सर्वसाधारणको समेत पहुँच रहने छ । सामान्य अवस्थामा सम्भव नभएकोले हेलिप्याडको निर्माणले सहज हुने बिश्वास गरिएको छ ।

निर्माण भएकोे हेलिप्याडमा सर्वसाधारणको समेत पहुँच रहने छ । सामान्य अवस्थामा सर्वसाधरणले हेलिप्याड प्रयोग गर्न नपाउने भएपनि आपतकालीन अवस्थामा भने प्रयोग गर्न सक्ने छन् ।

प्रहरीको अनुसन्धानमा मलाई शंका छ: विमल घर्ती मगर

२१ जेठ, नवलपरासी । घरको ढोका खुल्लै छ । धनमाया ढोकाको एउटा पल्ला समाएर एकोहोरो भित्र हेरिरहेकी छिन् । अँध्यारो अनुहार लगाएका मानिसहरु घरभित्र र ...