रसुवागढी जलविद्युत आयोजनाको काम प्रभावित

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माण भइरहेको रसुुवागढी जलविद्युत आयोजनाको काम प्रभावित भएको छ । सोमबार राति आएको बाढीले कफर ड्याममा पूर्ण क्षति गरेपछि आयोजनाको काम प्रभावित बनेको हो ।

चीनको स्वशासित क्षेत्र तिब्बतमा अविरल वर्षापछि लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि आयोजनाको संरचनामा क्षति पुगेको हो । बाढीले आयोजनाको कफर ड्याममा पूर्ण क्षति पु¥याएको छ भने संरचना र उपकरण ढुवाएको छ ।

बाढीका कारण बाँध भत्किएपछि दुई दिनदेखि अन्डर स्लुसको काम रोकिएको आयोजना प्रमुख छबि गैरेले बताए । ‘बाँध भत्किए पनि काम पूर्ण रोकिएको छैन्, आयोजना प्रमुख गैरेले भने, पानीको सतहभन्दा माथि रहेको इन्टेकमा काम भइरहेको छ ।’

पानीको बहावमा कमि आएपछि अन्डर स्लुपको काम अघि बढ्ने आयोजनाले जनाएको छ । बाढीले आयोजना निर्माणमा प्रयोग हुने ठेकेदारको उपकरण डुबाएको छ । ठेकेदारले उपकरणको बीमा दाबी प्रक्रिया अघि बढाएको साइड इन्चार्ज गौतम खड्काले बताए । कति सामग्री ढुवायो भनेर एकिन भइसकेको छैन् ।

बाँध भत्किएपछि खोला फर्काउने काम प्रभावित भएको छ । वर्षा अवधिभर अन्डर स्लुसको काम अघि बढ््ने सम्भावना नभएको आयोजनाले जनाएको छ । कामदार खाना खान गएको समयमा बाढी आएका कारण मानवीय क्षति नभएको बताइएको छ ।

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारलाई सचेत गराइयो

रसुवा, १ मंसिर,निर्वाचन आचारसंहिता उल्लंघनका क्रियाकलाप गर्ने राजनीतिक दलका उम्मेदवारलाई मुख्य चिर्वाचन अधिकृतको कार्यालयले आज सचेत गराएको छ । उक्त कार्यालयका अनुसार केन्द्र र जिल्लास्तरको ...