विद्यालयलाई हस्तारण शैचालय

रसुवा जिल्ला गोसाईकुन्ड गाँउपालिका नागुङ्गमा रहेको जनज्योतीे प्राथमिक विद्यालयलाई नेपाली सेना कालीजंग गणले रु एक लाख पचास हजार नगद र रु एक लाख श्रमदान गरी दुई लाख पचास हजार बराबरको तिन सिटे शैचालय निमार्ण गरेर विहिवर एक कार्यक्रम गरी विद्यालयलाई हस्तारण गरेको छ । कार्यक्रमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छिरिङ्ग साङ्गवो तामाङले यस विद्यालयमा शैचालय नभएर विद्यार्थीलाई निकै समस्या थियो , अव विद्यार्थीहरुले यस शैचालयको महत्व बुझेर सफा राखेर प्रयोग गर्ने गराउने बताएका थिए । उक्त कार्यक्रमा विद्यालयका प्रधानाध्यापक लाल काजी तामाङ्ग , शिक्षक शिक्षिका , विद्यालयमा अध्ययनरत विद्यार्थीहरु लगायत स्थानिय बासिन्दा र कालीजंग गणका प्रमुख सेनानी शितल वानियां क्षेत्रीलगाएको उपस्थिति भएको थियो । शैचालय निमार्ण गर्न नेपालि सेनाको QIP (Quick Impact Project) को सहयोग रहेको थियो ।

बिहीबार बेलुकी ५ बज्ने बित्तिकै मतगणना सुरु हुने

रसुवा मंसिर १८, पहिलो चरणमा मतदान भएका जिल्लामा बिहीबार बेलुकी ५ बजेलगत्तै मतगणना हुने भएको छ । दोस्रो चरणको मतदान सकिएपछि पहिलो चरणमा मतदान भएका ...