जनैपूर्णिमाको अवसरका लाग्ने गोसाइँकुण्ड मेलाको लागि दररेट निर्धारण

जनैपूर्णिमाको अवसरका लाग्ने गोसाइँकुण्ड मेलाको लागि दररेट निर्धारण गरिएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समिति, लाङटाङ राष्ट्रिय निकुञ्ज र व्यावसायीबीच भएको छलफलबाट मेलाको लागि नयाँ दररेट कायम गरिएको छ ।
जिल्लाको मिनिगोसाइँकुण्ड, देउराली, चन्दनबारी÷चोलाङपाटी, लौरीबिना र गोसाइँकुण्डमा सञ्चालित होटल तथा मेलाको बेलामा राखिने थर्पुमा बस्ने तीर्थयात्री ठगीमा पर्नबाट जोगाउन र मूल्यमा एकरुपता ल्याउनका लागि प्रत्येक वर्ष दररेट निर्धारण गर्ने गरिएको छ ।
दररेट निर्धारण गर्दा दूरीका हिसाबले टाढा रहेका स्थानमा बढी र नजिक रहेका स्थानका लागि कम मूल्य कायम गर्ने गरिएको समितिका अध्यक्ष संजिव डिएमले बताए । उनका अनुसार कालो चिया, दुध चिया, दाल,भात, तरकारी, तातोपानी र थर्पु तथा होटलमा बस्नका लागि मूल्यमा थपघट गरिएको छ ।

मिनिगोसाइँकुण्डमा कालो चिया १५, दुधचिया २०, दाल भात तरकारी २२०, थर्पुमा सुत्दा प्रतिव्यक्ति २२५ होटलमा सुत्दा प्रतिव्यक्ति ३५० तिर्नुपर्छ ।
देउरालीमा कालो चिया २०, दुधचिया २५, दाल भात तरकारी २७५, थर्पुमा सुत्दा प्रतिव्यक्ति ३२५ होटलमा सुत्दा प्रतिव्यक्ति ४७५, चन्दनबारीमा कालो चिया २५, दुधचिया ४०, दाल भात तरकारी ३५०, थर्पुमा सुत्दा प्रतिव्यक्ति ४०० होटलमा सुत्दा प्रतिव्यक्ति ५०० तिर्नुपर्ने समितिले जनाएको छ ।
लौरीबिना र गोसाइँकुण्डमा कालो चिया ३०, दुधचिया ५०, दाल भात तरकारी ४५०, थर्पुमा सुत्दा प्रतिव्यक्ति ४५० होटलमा सुत्दा प्रतिव्यक्ति ६५० मूल्य कायम गरिएको समितिका अध्यक्ष डिएमले बताए ।
तीर्थयात्रीले तातोपानी पिउनका लागि चन्दनबारी र लौरीबिनामा १० तथा गोसाइँकुण्डमा १५ रुपयाँ तिर्नुपर्ने बताइएको छ । हिँडन् नसक्ने तीर्थयात्रीहरू घट्टेखोलादेखि गोसाइँकुण्डसम्म घोडामा जाने गर्दछन् । तीर्थयात्रीले घोडा चढेबापत घट्टेखोला–चन्दनबारी ३२५०, घटेटेखोला–बुद्धमन्दिर ५५००, घट्टेखोला–गोसाइँकुण्ड ६५०० तिनुपर्ने हुन्छ ।
देउराली–बुद्ध मन्दिर ५०००, देउराली–गोसाइँकुण्ड ६०००, चन्दनकारी–बुद्ध मन्दिर ४५००, चन्दनबारी–गोसाइँकुण्ड ५०००, चोलाङपाटी–बुद्ध मन्दिर ३५००, चोलाङपाटी–गोसाइँकुण्ड ५००० र दउराली–चोलाङपाटी २७५० रुपयाँ कायम गरिएको छ ।

तीर्थयात्रीलाई यात्रामा सहजीकरण गर्नका लागि विभिन्न संघसंस्थाले स्वंयमसेवक परिचालन गर्ने बताएका छन् । यो वर्षको मेला यही साउन ३१ गतेदेखि भदौ १० गतेसम्म सञ्चालन हुनेछ । गोसाइँकुण्ड पदमार्गमा सञ्चालनमा रहेका होटलले खाना तथा बासका लागि सम्पूर्ण तयारी गरिसकेको बताएका छन् ।
हरेक वर्ष पुत्रदा एकादशीदेखि साउन शुक्ल पूर्णिमा अर्थात जनैपूर्णिमाका दिनसम्म लाग्ने गोसाईकुण्ड मेलाको व्यवस्थापनका लागि यो वर्ष पनि तयारी सुरु भएको हो ।
पौराणिक कथन अनुसार परापूर्व कालमा देवता र दानवबीच लडांई हुंँदा समुन्द« मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरि विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आई गोसाईवावा भगवान शिव शंकरले आफ्नो हातमा भएको त्रिशुलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशुल धाराको उत्पति भई त्रिशुल धाराको पानीबाट गोसाईकुण्डको उत्पति भएको भन्ने किम्दन्ति रहेको पाईन्छ ।
कुण्डमा स्नान गरि गोसाईवावा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफुले चित्ताएको सवै मनोकांक्षाहरु पूरा हुने जनविश्वासका साथ वर्षेनी हजारौैं हजार भक्तजनहरु कुण्डमा स्नान गर्न आंउने गर्दछन् ।
गोसाईकुण्ड गा।पा। वडा नं। ५ मा अवस्थित गोसाईकुण्ड समुन्द« सतहदेखि ४ हजार ३ सय ८० मिटरको उचाईमा रहेको गोसाईकुण्डमा हरेक वर्ष गंगादशहरा र जनैपूर्णिमा गरि २ पटक मेला लाग्ने गर्दछ ।

पूर्वेलीलाई ऊर्जामन्त्रीको प्रस्तावः अलैंचीसँग बिजुली साटौं

२१ माघ, ताप्लेजुङ । ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले अलैंचीसँग बिजुली साट्न सुदूर पूर्वका जनतासँग प्रस्ताव राखेका छन् । ताप्लेजुङमा पार्टी कार्यकर्ताहरुसँगको भेटघाटमा शर्माले अलैंचीबाट प्राप्त ...