भाद्र शुक्ल तृतियाका दिनमा मनाइने हरितालिका तीज कालिका गाउंपालिका २ कालिका स्थानमा पनि विशेष कार्यक्रम गरि मनाइयो,,

हिन्दु महिलाहरुले भाद्र शुक्ल तृतियाका दिनमा मनायोने हरितालिका तीज पर्व भदौ २७ गते देशभरि विभिन्न कार्यक्रम गरि मनाएको छ । यसैगरि कालिका गाउंपालिका २ कालिका स्थानमा पनि तीज विशेष कार्यक्रम गरि मनाएको छ । एक्सन एड नेपाल , नेपाल कृषि वन प्रतिष्ठान ,एफवान,माइति नेपालको सहयोगमा महिला अधिकार मञ्जको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जनचेतनामुलक सडक नाटक,स्वास्थ्य सरसफाई,परिवार नियोजन तथा महिला हिंसा सम्वन्धि लोक गित तथा विभिन्न सास्कृतिक कार्यक्रम भएको थियो । सडक नाटक (संकल्प)मा महिला हिंसा अन्त्य गरौं ःकुरा होइन काम गरौ. भन्न्ो मुल नाराका साथमा महिला माथि हुने घरायसि हिंसा र सुचनाको हक सम्बन्धि सडक नाटक नेपाल कृषि वन प्रतिष्ठानको सहयोगमा सप्ताककला प्रतिष्ठानले प्रस्तुत गरिएको थियो ।प्रमुख अतिथि माननिय संसाद शान्ति तामाङ,बिशेष अतिथि कालिका गाउपालिकाको प्रमुख सीताकुमारी अधिकारी लगायत अन्य थुप्रै महिलाहरुको उपस्थिति रहेको थियो ।भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता रहिआएको हुदाँ भाद्र शुक्ल तृतीया का दिन हिन्दु महिलाहरुले यो पर्व मनाइने गरिन्छ ।

थोपा सिंचाईका लागि सामाग्री बितरण

रसुवा भदौ १७, रसुवा जिल्लाको बिभिन्न गाउँमा थोपा सिंचाईको माध्यमबाट ताजा तरकारी उत्पादन गरी किसानको आम्दानी बढाउने उद्देश्यले थोपा सिंचाई सामाग्री बितरण गरिएको छ । ...