प्रगतिशिल लेखक संघ तेस्रो जिल्ला अधिवेशन कालिका स्थान रसुवामा सम्पन्न,,,,,,

माघ १६ गते बुधबार प्रगतिशिल लेखक संघ रसुवाको तेस्रो जिल्ला अधिवेशन कालिकास्थान रसुवामा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष्य उद्धव रिजालको अध्यक्ष्यतामा केन्द्रिय उपाध्यक्ष्य तथा ३ नं प्रदेश अध्यक्ष्य खेम थपलियाको प्रमुख आथित्यमा नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता माधव लामिछाने (समिर)ं को विशेष उपस्थितिमा तेस्रो जिल्ला सम्मेलन भएको हो ।

तेस्रो जिल्ला सम्मेलनबाट एघार सदस्य नयाँ कार्य समिति चयन भएको छ । प्रगतिशिल लेखक संघ रसुवाको अध्यक्ष्यमा पुर्व अध्यक्ष्य उद्धव रिजाल नै चयन हुनुभएको छ भने उपाध्यक्ष्यमा राजेन्द्र पौडेल,सचिवमा विश्वास नेपाली,कोषाध्यक्ष्यमा सुस्मा न्यौपाने सदस्यहरुमा शिशिर न्यौपाने ,हेमनाथ खतिवडा ,नारायण प्रसाद देवकोटा , नारायण न्यौपाने, कविता स्याङबा ,जयराम आर्चाय चयन हुनुभएको छ । त्यसैगरी सल्लाहाकार समितिमा माधव अर्याल ,इन्द्र गौतम ,करन्याल लामा ,माधव लामिछाने ,चेरुङ र धर्तिचन्द्र यात्री रहनुभएको छ ।

अधिवेशनमा प्रगतिशिल लेखक संघ नुवाकोटका अध्यक्ष्य नवदिप अजनवी ,सचिव रामहरी गजुरेल ,पत्रकार महासघं रसुवाका अध्यक्ष्य हेमनाथ खतिवडा, विभिन्न पार्टीका प्रतिनिधि, विभिन्न सघं सस्थाका प्रतिनिधि र पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो । प्रगतिशिल लेखक संघको ११ औँ केन्द्रिय सम्मेलन यहि चैतमा हुने भएको छ ।