कृषि उपजको बजारीकरणको सम्भावना र चुनौति विषयक अन्तरक्रिया कार्यक्रम रसुवाको कालिकास्थानमा सम्पन्न,,,

0

‘भूकम्प पश्चात महिलाहरुको दिगो जिविकोपार्जन पुननिर्माण परियोजना’ अन्र्तगत कृषि उपजको बजारीकरणको सम्भावना र चुनौति विषयक अन्तरक्रिया कार्यक्रम चैत १९ गते मंगलबार रसुवाको कालिकास्थानमा सम्पन्न भएको छ । एक्सनएड नेपालको आर्थिक सहयोगमा नेपाल कृषिवन प्रतिष्ठान रसुवाद्धारा आयोजित कार्यक्रममा कृषि क्षेत्रमा हुनसक्ने सम्भावनाहरु र चुनौतिहरुको बारेमा जनप्रतिनिधिहरु र कृषकहरुबीच छलफल भएको हो । अन्तरक्रिया कार्यक्रममा कृषकहरुले कृषि क्षेत्रमा भएको समस्याहरु बताएका थिए ।

स्थानिय तह भए पश्चात् कृषिमा किसानहरुलाई कसरि अगाडि बढाउने र कृषिमा उत्पादकत्व बढाउने भन्ने उद्धेश्यले गाउँपालिकाहरुबाट ठूलो लगानी गरियो तर खासै प्रभावकारी हुन सकेन, हामीसँग कृषि विज्ञ नभएकोले पनि उचित खालको मापदण्ड बनाउन नसकेकोले व्यवसायिक रुपमा कृषि क्षेत्रलाई विकास गर्न सकिरहेको छैन । भोलिका दिनहरुमा अवधिक योजना बनाउने जनप्रतिनिधिहरुले बताउनुभयो । कार्यक्रमको प्रशिक्षण वरिष्ठ कृषि अधिकृत रमेश हुमागइले गर्नुभएको थियो । रसुवाको कालिका र उत्तरगया दुई वटा गाउँपालिकाको जनप्रतिनिधिहरु, कृषकहरु, संघसस्थाका प्रतिनिधि एवम् पत्रकारहरुको उपस्थिति रहेको नेपाल कृषिवन प्रतिष्ठान रसुवाका जिल्ला संयोजक कमलनाथ आचार्यले बताउनुभयो । अन्तरक्रिया कार्यक्रम कालिका गाउँपालिकाको अध्यक्ष सिता अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रम २५ जना भन्दा बढि सहभागि रहेका थिए ।

No comments

आवश्यक परे मन्त्रिपरिषद फेरि बिस्तार हुन्छ, आचारसंहिता उल्लंघन भएको छैन : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बिस्तार गरेर सरकारले आचारसंहिताको उल्लंघन नगरेको दाबी गर्नुभएको छ । प्रदेश नम्बर २ का स्थानीय तहमा आउँदो असोज २ गते हुने ...