“स्वच्छ वायु, स्वच्छ जिवन” भन्ने मुल नाराका साथ वृक्षारोपण कार्यक्रम उद्घाटन समारोह रसुवाको ग्रामिण अस्पताल जिबजिबे प्रथामिक स्वास्थ्य केन्द्र परिसरमा सम्पन्न,,,,

0

कविता स्याङबा-­ विश्व वातावरण दिवसको अवसरमा ”स्वच्छ वायु ,स्वच्छ जिवन” भन्ने मुल नाराका साथ राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्योन्वयन ईकाई अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधार धुन्चे रसुवा र कालिका गाँउपालिकाको साझेदारीमा वातावरणिय तथा सामाजिक सुरक्षा योजना अन्र्तगत (Esmp) वृक्षारोपण कार्यक्रम उद्घाटन समारोह रसुवाको कालिका गाँउपालिका वडा नं ५ ग्रामिण अस्पताल जिबजिबे प्रथामिक स्वास्थ्य केन्द्र परिसरमा भएको छ । १६ जुन, १९७२ मा संयुक्त राष्ट्र संघले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनबाट वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनु पर्नेमा अन्तर्राष्ट्रिय ऐक्यवद्धता प्राप्त भयो। त्यसै अनुरुप यस दिवसलाई संस्थागत गर्न सम्मेलनको दोश्रो बर्ष अर्थात ५ जुन १९७३ मा विश्वमा पहिलो पटक विश्व वातावरण दिवसलाई एक अन्तर्राष्ट्रिय दिनका रुपमा अंगिकार गरिएको हो।

२०७६ जेठ २२ गते बुधबार नेपाल सरकार राष्ट्यि पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्योन्वयन ईकाई अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधार रसुवाको कुल लागत ५ लाख ६२ हजार ९ सय ९९ र कालिका गाँउपालिकाको ५४ हजार लागत रहेको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्योन्वयन ईकाई अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधार रसुवाका सामाजिक विकास विशेषज्ञ मौलिधन राईले बताउनुभयो । वृक्षारोपण गरीएका विरुवाहरुको संरक्षण गर्ने काम गाँउपालिका ,वडा कार्यालय, जिबजिबे ग्रामिण अस्पताल निर्माण व्यवसाय समिति अध्यक्ष्य एवम् कालिका गाँउपालिकाको रहेको वडा नं ५ का वडाअध्यक्ष्य रामहरी देवकोटाले बताउनुभयो ।

सुख्खा समयमा वृक्षारोपण गर्दा अर्थ नरहने भएकोले वातावरण दिवसको अवसर पारेर विरुवाहरु आजवाट रोप्न सुरु गरीएको पनि अध्यक्षाले बताउनुभयो। २ सय वटा रुख अस्पताल वरिपरि रोप्ने र बाटो निर्माण गर्ने भएको छ । भूकम्पपछिको पुननिर्माणको क्रममा जतिपनि घरहरु पुननिर्माण भए त्यसक्रममा धेरै रुखविरुवाहरु काटिए आगामि पुस्ताहरुलाई दिगो विकासका लागि पनि भोलि हाम्रा सन्ततिहरुको लागि रुख विरुवा वनस्पतिहरु नरहने हो कि भन्ने पिर चिन्ताले पनि राष्ट्रिय पुननिर्माण प्राधिकरणले स्थानिय निकायसँग सहकार्य गरेर वृक्षारोपणको कार्य सुरु गरीएको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्योन्वयन ईकाई अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधार रसुवाका वातावरण विशेषज्ञ मनोज कुमार चन्दले बताउनुभयो ।

पुननिर्माण प्राधिकरणको सामाजिक र वातावरणिय दायित्व अन्र्तगत यो कार्यक्रम सञ्चालन गर्न पाउँदा आफुहरु पनि खुसि रहेको उहाँले बताउनुभयो । स्वास्थ्य क्षेत्र भनेको सबै हिसाबले संवेदनशिल क्षेत्र र विपद आइपर्दा ,कुनै जोखिम आईपर्दा अस्पताल क्षेत्र हरियालि मनमोहक बनाउन सकियो भने बिरामिहरु, कुरुवाहरुलाई पनि केहि समय बेतित गर्नको लागि अलिकति दुखालाई बिर्साएर हरियालि वातावरणमा स्वच्छ हावा लिन सकोस् भनेर अस्पताल क्षेत्र, प्राथामिकतामा परेको बताउनुभयो।

पछिल्लो समय जलवायु परिर्वतनको असर उच्च हिमालि क्षेत्रहरुमा देखिरहदा रसुवा जिल्लामा देखिएको र यसबाट पर्ने असरलाई कम गर्नको लागि सबैले आ­आफ्नो तबरबाट सहयोग गर्नुपर्ने पनि वातावरण विशेषज्ञ मनोज कुमार चन्दले बताउनुभयो । वाताबरण जोगाउनको लागि हामिले सबै क्षेत्रबाट मिलेर गयौँ भने राम्रो हुन्छ ,हाम्रो जीवनलाई नभै नहुने अक्सिजन ग्याँस उत्पादन गर्ने वनजंगल संरक्षण गर्नको लागि  वृक्षारोपणको महत्वपुर्ण भुमिका हुन्छ । वृक्षारोपणको कार्य सुरुवात गर्न पाँउदा खुसि लागेको निलकण्ठ नमुना माध्यामिक विद्यालय जिवजिवे रसुवाका प्रधानाध्यापक एवम् जिबजिबे प्राथामिक स्वास्थ्य केन्द्रको व्यवस्थापन समिति सदस्य नारायण प्रसाद देवकोटाले बताउनुभयो ।

इको क्लब मार्फत् विद्यार्थिहरुलाई परिचालन गरेर गाउँ ,टोल आ­ आफ्नो परिबारबाटै वातावरणको संरक्षण गर्नुपर्छ ,सरसफाई गर्नुपर्छ ,वृक्षारोपण गर्नुपर्छ भनेर चेतना जगाएर सचेतिकरण गदै कार्यक्रमहरु गर्ने गरेको कार्यक्रममा उपस्थित निलकण्ठ नमुना माध्यामिक विद्यालय जिबजिबे इको क्लबको संयोजक शिक्षक सावित्रि न्यौपानेले बताउनुभयो । वातावरण दिवस दिवसको रुपमा मात्रै मनाएर हुदँैन ,हामिले वृक्षारोपण गरेका बोटविरुवा संरक्षण,संवर्४न गरेर यसबाट अक्सिजन धेरै लिन सकियो भने विश्व वातावरण दिवस मनाइएको अर्थपुर्ण हुनेछ, अस्पताल वरिपरि हुने वृक्षारोपणको संरक्षण हामि गछौँ भन्नुहुन्छ जिबजिबे प्राथामिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका उपाध्यक्ष टिका प्रसाद देवकोटाले बताउनुभयो । कार्यक्रममा स्थानिय आमनागरिक, उपभोक्ता समिति, जनप्रतिनिधि र पत्रकारको उपस्थिति रहेको थियो ।

No comments

करोडौँ राजस्व उठ्छ, एउटा ट्वाईलेट समेत छैन

नेपाल र चिन बिच संचालनमा रहेको एक मात्र व्यापारिक नाका रसुवागढीमा सार्वजनिक शौचालय नहुदाँ सर्वसाधारण सास्ती खेप्न बाध्य भएका छन् । नाकामा सार्वजनिक शौचालय नहुदाँ ...