कालिका गाउँपालिका रसुवाको लागि प्रधानमन्त्रि रोजगार कार्यक्रम अन्र्तगत विनियोजित रकमबाट विभिन्न बेरोजगार युवा लक्षित कार्यक्रमहरु सञ्चालन गर्ने,,,,,,,,,

0

कालिका गाउँपालिका रसुवाको लागि प्रधानमन्त्रि रोजगार कार्यक्रम अन्र्तगत ससर्त तर्फ विनियोजित रकम रु २१ लाखबाट विभिन्न बेरोजगार युवा लक्षित कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ । कालिका गाउँपालिकाबाट बेरोजगारीमा सुचिकृत युवाहरुलाई लक्षित गरी योजना तथा आयोजनाहरु सञ्चालन गर्न पाँच ओटा वडा मध्ये १,३,४ र ५ लाई ४/४ लाख र २ नम्बर वडालाई ५ लाख रुपैँया विनियोजन गरिएको जानकारी कालिका गाउँपालिकाको प्रवक्ता तथा वडा १ का वडा अध्यक्ष मालफुर्पा तामाङ स्याङबाले जानकारी दिनुभयो । वडालाई प्राप्त बजेट बेरोजगार सुचिकृत युवाहरुको समिति बनाई कार्यान्वयन गरीने जानकारी तामाङले दिनुभयो ।

प्रत्येक वडालाई विनियोजित रकमबाट कालिका एकको लागि राम्चेबाट पलेप गाउँसम्म नालि सुधार र गोम्बाङ ग्राङ सडक नालि सुधार गरीने र वडा नं २ को लागि ग्रीन गाड्रेन विद्यालय देखि पेरिस डाँडा हुदैँ गणेश विउ सम्म गोरेटोबाटो निर्माण गरिने ,गुम्बुडाँडा बास्तला ,प्राङसे कृषि सडक सुधार ,कालिका २ वडा कार्यालय देखि काभ्रेबोट सम्म गोरेटोबाटो निर्माण गरीने ,कालिका ३ को लागि मनकामना पासाङल्हामु मगर टोल सडक तथा नालिसुधार र बेतिनि थाक्ले नालि सडक सुधार गरिने कालिका ४ को लागि उपल्लो रुप्सेपानि हुँदै गुधेसम्म नालि सुधार र कालिका ५ को लागि मानेगङदेखि गोगनेसम्म आउने गोरेटो बाटो निर्माण, गैरिगाउँ चौतारा गोरेटो बाटो निर्माण ,कोलेखोला देखि भन्ज्याङसम्म गोरेटो बाटो निर्माण रहेको छ ।

वर्षातको समय सुरु हुने भएकोले कृषि सडकहरु सुधार नगर्दा पहिरो जाने, घर खेत बगाउने समस्या हुने भएको धेरैजसो आयोजनाहरु नालि सुधार रहेको जानकारी कालिका गाउँपालिकाको प्रवक्ता मालफुर्पा तामाङले बताउनु भयो ।

No comments

आज विश्व शहरी योजना र बसोबास दिवस मनाइँदै

नुवाकोट कार्तिक १३, शहरी विकास मन्त्रालयले शहरी योजना र बसोबास दिवस आज विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । संयुक्त राष्ट्र संघीय मानव बसोबास कार्यक्रमको ...