रेडियो लाङटाङ जिल्लामै दर्ता भएको गैरसरकारी संस्था द्वारा सञ्चालित रेडियो हो । विशुद्ध सामाजिक भावले जिल्लाबासीको पूर्ण सहयोग र समर्थनमा स्थापना यस रेडियोको मुख्य काम भनेकै स्थानीय समुदायको उच्च कदर र जिम्मेवारी बहन गर्दै समुदायकै सामूहिक हकहित, समग्र विकास र सामुदायिक परिवर्तनका पक्षमा विकास अनुसन्धान, संचार तथा अधिकारमुखी वकालत गर्ने र दिगो सामुदायिक विकासका लागि सूचना, संचार र ज्ञान व्यवस्थापन क्षेत्रमा कार्य संचालन गर्नु हो । त्यतिमात्र नभएर पर्यटकिय गन्तव्यको रुपमा रहेको रसुवा जिल्ला, लाङटाङ राष्ट्रिय निकुञ्ज र हिमाल, लाङटाङ पदमार्ग, गोसाईकुण्ड र गाउँ गाउँमा रहेका पर्यटकिय गन्तव्यहरुको संरक्षण र विकासमा समुदायलाई अग्रसर गराउने र चेतना फैलाउने काम यस रेडियोले गरिरहेको छ ।